वीर अस्पतालमा तत्काल स्वास्थ्यकर्मीहरू नियुक्त गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा तोसिमा कार्कीले माग गरेकी छन्। (आज) आइतबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै कार्कीले वीर अस्पतालमा स्वास्थ्यकर्मीको अभावमा सेवा प्रवाहमा समस्या भइरहेको भन्दै तत्काल स्वास्थ्यकर्मी नियुक्त गर्न माग गरेकी हुन्।

वीर अस्पतालमा ८३१ जनाको दरबन्दी स्वीकृत पनि भइसकेको भन्दै करारमा अथवा लोकसेवामार्फत् जुन प्रक्रियामा भएपनि तुरुन्त स्वास्थ्यकर्मी नियुक्त कार्कीको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0