सरकारले स्वास्थ्य समूहका ११ जनालाई ११औं तहमा बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले नौ जना चिकित्सक र दुई जना नर्सलाई एघारौँ तहमा बढुवा गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा स्वास्थ्य सेवा समूहका ११ जना अधिकृतलाई एघारौँ तहमा बढुवा गर्ने निर्णय भएको सरकारकी प्रवक्त रेखा शर्माले जानकारी दिईन ।
बढुवा हुनेहरुमा चिकित्सक तर्फ रेडियोलोजिष्ट डा विश्वनाथ शर्मा, डा शैलेन्द्र विश्वकर्मा पोखरेल, एनेस्थेसियोलोजिष्ट डा सुवास रेग्मी, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा रामनरेश पण्डित र डा विनोद सिंह ,ग्यास्ट्रो इन्टेरोलोजिष्ट डा जैनेन्द्रकुमार चौधरी, न्युरो सर्जन डा निलमकुमार खड्का, अर्थोपेडिक्स सर्जन डा ओमप्रकाश अर्याल, इएनटी सर्जन डा दिपेन्द्र गौतम र ११औं तहमा बढुवा भएका छन्।
नर्सिङ तर्फ मञ्जु यादव रसरिता कार्की एघारौँ तहमा बढुवा भएका छन्।