नेपाली कांग्रेसकी नेतृ तथा केन्द्रीय सदस्य आरजु राणा देउवाको हाइपर प्याराथाइरोडिजमको शल्यक्रिया गरिएको छ। देउवाको दिल्लीस्थित म्याक्स हस्पिटल, मा बुधबार शल्यक्रिया गरिएको हो।

देउवा चिकित्सकको सल्लाहअनुसार शल्यक्रियाका लागि चैत २ मा दिल्ली गएको स्वकीय सचिव कमल रावलले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन्।

दुई वर्षदेखि उपचार गराउँदै आएकी थिईन् । चिकित्सकहरुको परामर्श अनुसार अझै केही समय अस्पतालमै उपचार गर्नुपर्ने विज्ञप्तिमार्फत जानकारी गराइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0