काठमाडौं । थापागाउँ बस्ने नसिमा राउतलाई होलीका रङहरुमा सजिन निकै मन पर्छ । उनी हरेक बर्ष मज्जाले आफन्त तथा साथीहरुसँग होली खेल्ने गर्छिन् । उनलाई पहिले पहिले कहिले काहीँ छालामा रङ पर्दा अलिअलि चिलाउने मात्र हुन्थ्यो, सफा गरेपछि केहि समस्या देखिदैन् थियो ।

तर गतसाल भने उनलाई होली खेल्दा छाला चिलाउने मात्र भएन, छालामा रातो डावर आउँने अथवा फोका आउने र पोल्ने पानी बग्ने समेत समस्या देखियो । उनि तुरुन्तै छाला रोग विशेषज्ञसँग परामर्श लिदाँ पो थाहा भयो, “होलीमा प्रयोग हुने रङ घातक रहेछ जसका कारण छालामा विभिन्न समस्या निम्त्याएको रहेछ । तुरुन्त छाला रोग विशेषज्ञ काहाँमा जचाउँन गए । अनि मात्र थाहा भयो रङको इन्फेक्सन भएको रहेछ,”उनी सम्झिन्छन् ।

त्यसैगरी,बानेश्वरकी लक्ष्मी पाठकको नसिमाको भन्दा समस्या झन भयानक छ । उनि आफ्न्तसँग रमाईलोसँग होली खेलिरहेको समयमा कानमा रङ् पर्याे । कान चिलाउँने पोल्ने, दुख्नुका साथै र पानी समेत बग्ने समस्या देखियो । तुरुन्तै कानमा परेको रङ पानीले सफा गरिन तर समस्या निको भएन् । उनि विशेषज्ञकाहाँ उपचारका लागि गईन् । “समयमै चिकित्सक काहाँ पुगेँ उपचार गरेर केहि दिनको औषधी समेत सेवन गर्नुपरेको” उनको भनाई थियो । उनलाई कानको जाली नै सुन्निएको चिकित्सकले बताएका थिए । यि केही प्रतिनिधि घटना मात्र हुन् ।
पछिल्लो समयमा होलीमा प्रयोग हुने रङका कारण स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै दिर्घ रोगहरु समेत देखिन सक्ने हुदाँ चिकित्सकहरुले बताएका छन् ।

बरिष्ठ नाक कान घाटी रोग विशेषज्ञ डा. ढुन्डिराज पौडेलले होलीमा प्रयोग हुने रङहरु नाक ,कान मुखभित्र परेमा चिलाउँने पोल्ने आदि समस्या देखिने बताउछन् । उनले कतिपयलाई दिर्घकालिन कान पाक्ने समेत समस्या देखिने बताए । उनले भने,  “होली प्रयोग हुने रङ नाकमा मुखमा परेमा फोक्सोको संक्रमण हुने , कानभित्र परेमा कान पाक्ने र संक्रमण हुने लगायतको समस्या देखिने हुन्छ ।”
बरिष्ठ छाला रोग विशेषज्ञ डा.अनुप बास्तोलाले बजारमा बेच्न राखे रङहरु मुख्यतः मर्करी सल्फेट, हरियोमा कपर सल्फेट, नीलोमा फेरो साइनाइड, बैजनीमा क्रोमियम आयोडाइड तथा कालोमा लिड अक्साइडजस्ता रासायनिक तत्व हुने हुदाँ ति रङहरुले हाम्रो स्वास्थ्यमा विभिन्न समस्या समेत देखाउँन सक्ने बताए ।
“यस्ता रसायनयुक्त रङले स्वास्थ्यमा नकरात्मक असर गर्छ ।” यस्ता रसायनयुक्त रङको प्रयोग गर्नुभन्दा घरमै प्राकृतिक रङहरू बनाउँने जस्तै बेसार, फुलको रसको प्रयोग गरेमा स्वास्थ्यमा कुनै पनि असर गदैन् ।” उनले भने “गुणस्तरहीन र रसायनको जथाभावी प्रयोगले छालामा विभिन्न समस्या देखिनेमात्र नभइ भविष्यमा छाला लगायतका अन्य क्यान्सरसमेत हुन सक्ने हुन्छ । ”
रङको प्रयोग गर्नुभन्दा एक घण्टाअघि आफ्नो छालालाई सुहाउने मोस्चराइजर क्रिम र ओलिभ ओइललगायतका क्रिमहरूको प्रयोग गरेमा समस्या छालाको समस्याबाट केहि बच्न सक्ने उनको सुझाव छ ।
बरिष्ठ छाला रोग विशेषज्ञ डा.सविना भट्टराईले होलीमा प्रयोग हुने रङहरूले कोहि कोहीमा तत्कालै छालाको एलर्जी (छाला चिलाउने) छालामा फोका वा घाउ खटिरा आउने, टाउको दुख्ने, रिगंटा लाग्ने आखाँको एलर्जी हुने, वाकवाकी लाग्ने, मुटुको अनिमियत हुने लगायतका समस्या देखिने आउँने बताईन् । होलीमा रङ खेलिसकेपछि कडा खालको साबुन प्रयोग गर्नुको साटो क्लिन्जिङ लोसनको प्रयोग गर्ने, केही समस्या देखापरेमा तुरून्त छालारोग विशेषज्ञलाई देखाउनुपर्ने ” उनको सुझाव छ ।

होलीमा प्रयोग गरिने रङबाट विशेष गरेर बालबालिका, वृद्धवृद्धा, दम रोग लागेका र छाला–रोगका बिरामीलाई बचाउनुपर्ने छाला रोग विशेषज्ञ डा. श्रद्धा प्रधान बताउँछिन् ।
त्यस्तै, बरिष्ठ आखाँ रोग विशेषज्ञ डा. बेन लिम्बुले कतिपयले होलीमा रङसंगै मोविलको समेत प्रयोग गर्ने गरेका देखिन्छ । यदि आखाँमा मोबिल पर्यो भन्ने ‘केमिकल इन्जुरी’ गराउँछ । केमिकल इन्जुरीले आँखाको झिल्ली पातलिएर आँखा फुट्ने खतरा बढाउँने बताए । “लोलाको जथाभावी प्रयोगले आँखामा लागेर आँखा फुट्ने र जर्बजस्ती आँखामा रङ लगाइदिने गर्दा त्यसले आखाँको ज्योति नै गुम्ने सक्ने खतरा बढि हुन्छ, ”उनले भने ।
आँखामा रङ पर्दा आँखा चिलाउने सुनिने र रातो हुने आदि हुन्छ । आँखामा चस्माको प्रयोग गर्ने जसले गर्दा सिधै रङ तथा रसायानहरू आँखाभित्र पस्न सक्ने अवस्थाबाट बचाउँने उनको सुझाव छ ।
रासायनिक तत्व मिसिएका रङबाट आखाँ, नाक, कान लगायत शरीरका विभिन्न अंगमा नकारात्मक असर पुर्याउँनुका साथै सामान्य एलर्जीदेखि क्यान्सरसम्म हुन सक्ने सम्भावना बढि हुने चिकित्सकहरु बताउँछन् ।  रङको प्रयोग गर्नुभन्दा अघि शरीर पूरै ढाक्ने कपडा लगाउने, कपालमा तेल लगाउने, शरिरभर लोसन तथा तोरीको तेल र अनुहारका सनब्लक क्रिमको प्रयोग गर्नाले होलीको रसायनयुक्त रङको असरबाट जोगिन सकिने छाला रोग विशेषज्ञहरुको सुझाब छ ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0