काठमाडौं । त्रिभुवन विश्वविद्यालय महाराजगञ्ज नर्सिङ क्याम्पसमा ब्याचलर्स इन मिडवाइफ्री साइन्स (बीएमएस) को पाठ्यक्रम अन्योलता समाधान भएको छ।
त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत नर्सिङ क्याम्पस महाराजगञ्जमा अध्ययनरत नर्सिङ शिक्षातर्फ बीएमएसतर्फका विद्यार्थीहरूले बीएससी मिडवाइफ्रीको पाठ्यक्रम नभएको भन्दै आन्दोलन गरेका थिए।
तर चैत ९ गतेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको संयोजकत्वमा बसेको बैठकले ब्याचलर्स इन मिडवाइफ्री साइन्स (बीएमएस) अध्ययन गरिरहेकालाइलाई पनि बीएससी मिडवाइफ्रीकै पाठ्यक्रम पढाइने निर्णय गरेको हो।
नर्सिङ विषयमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेका विद्यार्थीहरूलाई बीएमएस अध्ययनको लागि चिकित्सा शिक्षा अयोगले सिफारिस गरेको थियो। बीएससी मडवाइफ्रीकै पाठ्यक्रम बीएमएसको लागिसमेत लागु हुने छलफलपछि निर्णय गरिएको छ। जसको जानकारी उपकुलपति डा। केशरजङ्ग बराल बैठकमा दिएका छन्।