काठमाडौं । एसोसियसन अफ प्राइभेट हेल्थ इंन्स्टिच्युसन नेपाल (अफिन) ले उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव र शिक्षा विज्ञान तथा प्रविधी मन्त्री सुमना श्रेष्ठलाई भेटी ज्ञापन पत्र बुझाएका लाइ ध्यानाकर्षण पत्र बुझाएको छ। करिब ६० प्रतिशत नेपाली जनतालाई स्वास्थ्य सेवा प्रवाह गरिरहेको बताउँदै विभिन्न १६ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ।
अफिनका अध्यक्ष डा पदम बहादुर खड्काले हस्ताक्षर गरेको ज्ञापन पत्रमा भनिएको छ ‘देशका विभिन्न भौगोलीक विविधता भएका क्षेत्रमा सकृय भई अहम भुमिका निर्वाह गरि नेपाली जनताको स्वास्थ्य अवस्थामा सकारात्मक सुधार तथा बढि भन्दा बढि जनताले सहज र शुलभ स्वास्थ्य सेवा प्राप्त गर्ने अवशर प्रदान गरिरहेका निजि अस्पतालहरु आफ्नो स्थापना, स्तरोन्नती र आर्थिकरुपमा सबल बनी दिर्घकालिनरुपमा स्थापित हुने क्रममा सधै असहज परिस्थितिसंग जुझ्नु पर्ने स्थितिको अन्त्य हुनु पर्दछ भन्ने मान्यताले आफ्नो लगानीको सुरक्षा र आफ्ना संस्थाहरुको संबर्धनमा नेपाल सरकारको सहयोगी भुमिकाको अपेक्षामा रहेको विषय पनि अनुरोध गर्दछौ।’
यस्तो छ ज्ञापन पत्र