काठमाडौँ  । स्वास्थ्य क्षेत्रमा नयाँ पेशागत संगठन खुलेको छ । राजनीतिक आस्थाका आधारमा नजिक रहेका स्वास्थ्यकर्मीहरुले नयाँ संगठन खोलेका हुन् ।

नेकपा एमालेबाट छुट्टिएको नेकपा (एकीकृत समाजवादी) पार्टी निकट स्वास्थ्यकर्मीहरुले नयाँ ट्रेड युनियन दर्ता गरेका छन् ।श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उनीहरुले दर्ता गरेको नयाँ संगठनको नाम एकीकृत स्वास्थ्यकर्मी संगठन नेपाल राखिएको छ ।

विभागमा ८ चैतमा दर्ता भएको यो नयाँ ट्रेड युनियनको अध्यक्ष विष्णु फुयाल रहेका छन् । संगठनको महासचिव टोप थापा रहेका छन् ।‘पहिले पार्टी एक हुँदा एमाले निकट भनिएको राष्ट्रिय स्वास्थ्यकर्मी संघमा आवद्ध थियौँ । तर एकीकृत समाजवादी पार्टी जन्मेपछि हाम्रो यससंग नजिक रहेका स्वास्थ्यकर्मीहरुले ३ र ४ मंसिर २०७८ मा भेला गरी नयाँ संगठनको घोषणा भएको थियो । त्यसको आधिकारिकता अहिले पाएका छौँ,’नयाँ संगठनका महासचिव थापाले भने ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0