सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोपको दोस्रो मात्रा दिन सुरू गरेको छ । १४ वर्षका किशोरीहरूलाई एचपीभी खोप देशभर ६ वटा संघीय अस्पताल र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा दिन सुरू गरेको हो ।

पहिलो मात्रा लिएको ६ महिनापछि दोस्रो मात्रा लगाउनुपर्ने सरकारले जनाएको छ । पहिलो मात्रा लिएको ६ महिनापछि दोस्रो मात्रा लगाउनुपर्ने  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोशी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल, सुर्खेत अस्पतालमा चैत ७ देखि खोप दिइने छ।

भेरी अस्पतालमा चैत ६, परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालमा चैत ८ र डडेलधुरा अस्पतालमा चैत १५ बाट एचपीभीको दोस्रो मात्रा दिइने छ । एचपीभी दोस्रो मात्राको खोप लिन जाँदा अनिवार्य खोप कार्ड लिएर जान मन्त्रालयले अनुरोध गरेको छ ।

नेपालले दक्षिण पूर्वी एसियाको रणनीतिअनुसार पाठेघरको मुखको क्यान्सरलाई सन्न् २०३० सम्म जनस्वास्थ्यको समस्याका रूपमा रहन नदिने नीति लिएको छ ।विश्व स्वास्थ्य संगठनले स्वीकृतिप्राप्त संस्था गोल्बोक्यानका अनुसार नेपालमा प्रत्येक दिन करिब ६ जना महिलाको पाठेघरको मुखको क्यान्सरको कारण मृत्यु हुन्छ ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0