विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत एक नर्सको शव शौचालयमा भेटिएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालको नेतृत्वको टोली घटनास्थलमा पुगेको छ। दाहालका अनुसार २३ वर्षीया नर्स चन्द्रिकाकुमारी दासको शव शौचालयमा भेटिएको छ । उनले विराटनगर महानगरपालिका–४ स्थित डेरा बसेको घरको कोठामा हत्या गरेर शौचालयमा शव फालिएको अवस्थामा शव भेटिएको जानकारी दिए ।
घटनाको अनुसन्धान सुरु गरेर हत्यामा संलग्नको खोजी थालिएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0