काठमाडौं । काठमाडौं महानगरपालिकाले सुलभ फार्मेसी कार्यक्रम सञ्चालन निर्देशिका तर्जुमा गर्न समिति गठन गरेको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको अध्यक्षतामा बसेको छलफलपछि कानुन तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्यको संयोजकत्वमा समिति गठन गरेको छ।

समितिको सदस्यहरुमा वरिष्ठ फर्मासिष्ट बाबुराम हुमागाईँ, चैन बज्राचार्य, मणि लामा,संगीता माथेमा र स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जन छन्। समितिलाई ७ दिनको समय दिइएको छ।

प्रमुख प्रशासकीय अधिकृत परियारले यस प्रकारका फार्मेसी सञ्चालन गर्न अनेक ढाँचा हुन सक्छन्। यीमध्ये चालु आर्थिक बर्षमा महानगरपालिका आफैँले ५ वटा फार्मेसी सञ्चालन हुने गरी काम गर्नुपर्नेछ। गुणस्तरीय र दिगो कार्यक्रम यसको न्युनतम आधार रेखा रहेको बताए ।

हुमागाईँकाअनुसार धेरै औषधि खरिद गर्दा नेट रेट भन्ने चलन छ। यो भनेको अंकित खुद्रा मूल्यभन्दा ४ गुणासम्म सस्तो हुन्छ। यसरी हेर्दा उपभोक्ताहरु ३५ रुपैयाँमा पाइने औषधिलाई १५० रुपैयाँसम्म तिरीरहेका छन्।

नेपालका १२८ र विदेशी ३५० वटा कम्पनीमा उत्पादन हुने गरेका छन्। नेपालमा वार्षिक करिब ७० अर्बको औषधि खर्च हुने गरेको छ। यसमा नेपाली उद्योगको ५५ प्रतिशत र विदेशी औषधि ४५ प्रतिशत खपत हुने गरेको हुमागाईँले बताए । महानगरपालिकाले सुलभ औषधि पसल सञ्चालन गर्न चालु आर्थिक बर्षका लागि ६ करोड रुपैयाँ विनियोजन गरेको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0