काठमाडौं । पुनम एकेडेमीले दोस्रो (भोलिदेखि) तिन दिने ब्युटि वर्कसप गर्ने भएको छ ।  चैतको १ गतेदेखि ३ गतेसम्म नगरकोटको होटल ‘कन्ट्रिभिल्ला’ मा ‘व्युटी वर्कसप एन्ड एड्भान्स स्कृन केयर टिटमेन्ट’ एकेडेमीले  आयोजना गर्ने भएको हो । उक्त वर्कसपमा सातै प्रदेशका ३० जना व्युटिसियन सहभागी रहने एकेडेमीले जनाएको छ ।

गत असोजमा एकेडेमीले ३८ जना व्युटिसियनलाई धुलिखेलमा वर्कसप गराएको थियो । अघिल्लो पटक तालिममा सहभागी नभएका जिल्लाका व्युटिसियनलाई चैत १ र २ गते अमिनोका स्किन केयरको तालिम दिन लागिएको एकेडेमीले जनाएको छ ।
‘यो तालिम चैत १ र २ गते अघिल्लो पटक तालिमका सहभागि नभएका जिल्लाका व्युटिसियनलाई अमिनोका प्रोड्कका बारेमा जानकारीका साथैं हेन्ड टु हेन्ड  प्राक्टिस गराई, कस्तो स्किनमा कस्तो प्रोड्क्ट दिने बारे पनि सिकाईने छ ।’ एकेडेमीकी प्रोपाइटर व्युटिसियन पुनम  श्रेष्ठले भनिन्  ।

३ गते पअघिल्लो पटक तालिममा सहभागी  भएकालाई एड्भान्स तालिम दिईने एकेडेमीले जनाएको छ । अमिनोका उत्पादन नेपालमा पुनम एकेडेमीले भित्राएको हो ।

अमिनोका उत्पादन प्लान्ट बेस उत्पादन रहेको व्युटिसियन श्रेष्ठको भनाई छ । यो वर्कसप नि:शुल्क दिन लागिएको समेत एकेडेमीले जनाएको छ । पछिल्लो समयमा छालाको समस्या भएका र छालामा समस्या आउँन नदिन पनि आम मानिसको रोजाईमा अमिनोका स्किन प्रोड्क्ट पर्न थालेका छन् ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
1
+1
0