भक्तपुर । भक्तपुर ताथलीमा रहेको काठमाडौं क्यान्सर सेन्टरलाई जापानी राजदूतावासले स्वास्थ्य सामग्री सहयोग प्रदान गरेको छ।

स्वास्थ्य सामग्री अन्तर्गत एक ओटीलाइट तथा टेबुल प्रदान गरिएको हो। जापानी राजदूत किकुटा यूटकाद्वारा उक्त सामग्रीको उद्घाटन आज एक औपचारिक कार्यक्रमकाबीच प्रदान गरिएको हो। कार्यक्रम बोल्दै राजदूत यूटकाले क्यान्सर उपचारको क्षेत्रमा काठमाडौं क्यान्सर सेन्टरलाई जापान सरकारको सकारात्मक सहयोग रहने बताए। अत्याधुनिक उक्त ओटीलाइट क्यान्सर उपचारको रेकर्डिङ मोनिटरिङका लागि उपयोगी हुने अस्पतालका अध्यक्ष डा सीमित सापकोटाले बताए।

उक्त उपकरणले शल्यक्रिया अवधिको सम्पूर्ण रेकर्ड राख्नेछ। यसप्रकारको उपकरणको माध्यमबाट बिरामीहरुमा हुने जटिलताको तहलाई घटाउन सहयोग पुग्ने उनको दाबी छ। हालसम्म सेन्टरले ४३२ शल्यक्रिया सम्पन्न गरेको छ।

 

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0