शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको गेटा मेडिकल कलेज पूर्वाधार विकास निर्माण समितिले अस्पतालसँग सम्बन्धित भवनहरु गेटा अस्पताललाई हस्तान्तरण गरेको छ।

आइतबार अस्पतालका निर्देशक डा.विप्लव सापकोटालाई गेटा मेडिकल कलेज पूर्वाधार विकास निर्माण समितिका सदस्य सचिव वैकुण्ठ सुवेदीले भवन हस्तान्तरण गरेका हुन्।

पूर्वाधार विकास निर्माण समितिलाई गेटा अस्पतालले भवन आवश्यक परेको भन्दै मंसिर ११ गते पत्र पठाएको थियो। सोही पत्रपछि समितिले अस्पताललाई भवन हस्तान्तरण गरेको हो।

सरकारले गेटामा एक सय शय्याको अस्पताल चलाउन यस वर्ष चालुतर्फ साढे ३ करोड र पुँजीगततर्फ ८० करोड रकम दिएको छ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0