काठमाडौं । नेपाल फर्मा एक्स्पो २०२४ मा औषधि बनाउनका लागि नयाँ–नयाँ प्रविधि र उपकरण प्रदर्शनीमा राखिएको छ । चितवनको भरतपुरमा हिजोदेखि नेपाल औषधि उत्पादक संघ (एपोन) ले आयोजना भइरहेको फर्मा एक्स्पोमा नयाँ नयाँ औषधि बनाउने प्रविधि र उपकरणको प्रदर्शनी गरिएको एपोनका उपाध्यक्ष एक्स्पो मिडिया संयोजक सन्तोष बरालले जानकारी दिए ।
एक्स्पोमा एमडिएच फर्मास्युटिकल्सले दमका विरामीलाई नयाँ प्रविधिको उपचार पद्दती ‘ड्राईपाउडर ईनहेलर’ लाई प्रर्दशनीमा राखेको छ ।
एक्स्पोमा स्टल नं. सिवानमा एमडिएच फर्मास्युटिकल्सले नेपालमा नै पहिलो पटक उत्पादन भएको ‘ड्राईपाउडर ईनहेलर’ लाई प्रर्दशनीमामा राखेको छ ।
एमडिएच फर्मास्युटिकल्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकप्रसाद दाहालले नेपालमा पहिलो पटक दम र श्वासप्रश्वासका विरामीलाई लक्षित गरेर ‘ड्राईपाउडर ईनहेलर’ बनाइएको बताए ।
‘संसारमा मानिस मृत्यु हुने कारणमध्ये तेस्रो कारण फोक्सोमा हुने दम र फोक्सोको श्वास थुनिने रोग हो’ उनले भने, ‘ति दुवै रोगलाई उपचार गर्नका लागि ल्याएर आएको औषधि हो ।’
‘ड्राईपाउडर ईनहेलर’ मा एउटा क्याप्सुल हुन्छ र त्यो क्याप्सुलम औषधि हालेको हुन्छ । अनि हामीसंग रहेको एउटा डिभाइस हुन्छ । त्यो डिभाइसमा क्याप्सुल हालिन्छ । अनि त्यो औषधि पाउडर बन्ने गर्दछ । डिभाइसबाट नै फोक्साका बिरामीलाई पाउडर तान्नुपर्दछ । पहिले फोक्साका विरामीले औषधि खाने गर्दथ्ये । त्यो खाएको औषधि आन्द्रा हुँदै रगतमा गएर फोक्सोसम्म पुग्न धेरै समयमा लाग्ने गरेको थियो तर ‘ड्राईपाउडर ईनहेलर’ सिधै फोक्सोमा जाने र तत्काल काम गर्ने भएकोले फर्मास्युटिकल्सका सिइओ दाहालले जानकारी दिए ।

उनले पछि अनुसन्धान गरेर एन्टिवायोटिक औषधि पनि ‘ड्राईपाउडर ईनहेलर’को रुपमा प्रयोग गर्न सकिने बताए । ‘ड्राईपाउडर ईनहेलर’ तीन प्रकारका औषधि प्रयोग गरिएको उनले बताए । ‘ड्राईपाउडर ईनहेलर’ औषधि एक पटक लिएपछि १२ देखि १४ घण्टासम्म काम गर्ने गर्दछ ।

भारतबाट आउने औषधिभन्दा करिव १५ प्रतिशत कम मूल्यमा आफूले बेच्ने गरेको फर्मास्युटिकल्सका महाप्रवन्धक कृष्णचन्द्र लम्सालले जानकारी दिए । उनका अनुसार उपचारका लागि ३० वटा क्याप्सुलको ३५० देखि पाँच सय रुपियाँ र डिभाइसको ३२० रुपियाँ मूल्य निर्धारण गरिएको छ । भारत लगायत बाहिरमुलुकबाट डिभाइसलाई मात्र ५२४ रुपियाँ पर्ने गर्दछ । महाप्रवन्धक लम्सालले अहिले एक्स्पोमा प्रर्दशनीको लागि मात्र राखिएको र बैशाखदेखि विक्री विवरण गरिने बताए ।
आजसम्म चल्ने एक्स्पोमा सर्वसाधारण, चिकित्सक, विद्यार्थीको उल्लेखनिय सहभागि रहेको छ ।

भिडियो केही बेरमा…

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0