चितवनमा नवौं फर्मा एक्स्पो २०२४ सुरु भएको छ। नेपाल औषधि उत्पादक संघ (एपोन) ले चितवनमा ‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक’ भन्ने मूल नाराका साथ नवौं फर्मा एक्स्पो आयोजना गरेको हो।

आज उद्घाटन कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरक्त सचिव डा.विकास देवकोटाले नेपाल निजी क्षेत्रबाट उत्पादित औषधिको भरमा रहेकाले सरकारले बेवास्ता गर्ने अवस्था नरहेको बताए । औषधि उद्योगको सरकारका बीच कुनै खाडल छैन। औषधिमा निजी उद्योगकै भरमा सरकार छ।औषधि उद्योग अरु व्यवसाय भन्दा फरक रहेको र देश र जनताप्रति यसको महत्वपूर्ण जिम्मेवारी रहेको समेत डा. देवकोटाले बताए।
देशलाई आवश्यक अत्यावश्यक औषधिका लागि सरकारले के गर्नुपर्छ त्यसका लागि छलफल गर्न तयार रहेको र नेपाली औषधि उद्योगको विकासका लागि तीन पक्षको नियत राम्रो हुनुपर्ने धारणा डा.देवकोटाले राखेका छन। उत्पादनमा उद्योगीको नियम राम्रो हुनुपर्ने, नियमनमा औषधि व्यवस्था विभाग र औषधिको सिफारिसमा चिकित्सकको नियत राम्रो हुनुआवश्यक रहेको देवकोटाले बताए।
कार्यक्रमका अध्यक्ष एपोनका अध्यक्ष महेश प्रधानले सरकारले सहयोग नगरे औषधि उद्योग अऊि बढ्न नसक्ने बताउनुभयो । राष्ट्रका सम्पूर्ण उद्योग जोखिममा रहेकाले औषधि उद्योग पनि समस्यामा रहेको प्रधानले जानकारी दिए।
उद्घाटन कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल,नेपाल चिकित्सक संघका अध्यक्ष डा।अनिल विक्रम कार्की,नेपाल औषधि व्यवसायी संघका अध्यक्ष प्रकाशकुमार खण्डेलवाल,आयुर्वेद औषधि उत्पादक संघका अध्यक्ष सुमन पाण्डे,एपोनका निवर्तमान अध्यक्ष प्रज्वलजंग पाण्ड, एपोनका पूर्व अध्यक्ष उमेशलाल श्रेष्ठ नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल, चितवन उद्योग संघका पूर्व अध्यक्ष राजु पौडेल, एफिनका अध्यक्ष पदम खड्का र नेपाल केमिकल एण्ड मेडिकल सप्लायर्सका भक्त हमाल लगायतले कार्यक्रममा आफ्नु आफ्नु भनाई राखेका थिए ।
कार्यक्रमका एक्स्पो संयोजक प्रभात रुङ्गटाले स्वागत गर्दै कार्यक्रममाथि प्रकाश पारेका थिए।

एक्स्पोमा १६० वटा स्टल छन्। यसमा नेपाल, भारत, सिंगापुर, बंगलादेश, अमेरिका, जर्मन, चीन लगायत ९ देशहरूले उत्पादनमा प्रयोग गर्ने उपकरण, ल्याब, कच्चा पदार्थ र नेपाली उद्योगले बनाएका औषधिको स्टल समेत प्रदशनीमा राखिएका छ्न।

एक्स्पोको करिब २५ हजार बढीले अवलोकन गर्ने आयोजकको अनुमान छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0