नवौं फर्मा एक्स्पो आज (शुक्रबार) देखि चितवनमा सुरु भएकाे छ । नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा हुने एक्स्पो तीन दिन सम्म संचालन हुनेछ ।

‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक’ भन्ने मुल नाराका साथ आयोजित एक्स्पोले धराशायी बन्दै गएको नेपाली औषधि उद्योगलाई चिनाउन मदत गर्ने एपोनका अध्यक्ष महेश प्रधानले बताए।

एपोनका उपाध्यक्ष एवं मिडिया संयोजक सन्तोष बरालले एक्स्पोमा विदेशी प्रर्दशक र प्रतिनिधि पनि आउने जानकारी दिए। यो एक्स्पोमा भारत, सिंगापुर बंगलादेश, अमेरिका, जर्मन, चीन लगायत नौवटा देशबाट प्रतिनिधिहरु आउने उनले बताए। ‘एक्स्पोमा औषधिको उत्पादन डेमो पनि प्रर्दशनी गरिने छ यसो गरिनुले हाम्रा उत्पादन निर्यात गर्न मदत मिल्नेछ,उनले भने।’ एक्स्पोमा १६० वटा स्टल राखिएका छन्।

नेपालको औषधी उद्योगको ठूलो पर्वको रुपमा रहेको एक्स्पोमा आम सर्वसाधारणसँगै चिकित्सक, स्वास्थ्यकर्मी, फर्मासिस्ट, नर्स, औषधि व्यवसायी, सञ्चारकर्मी, उद्योगीले अवलोकन गर्नेछन्। विद्यार्थी र विज्ञान तथा प्रविधिको क्षेत्रमा रुचि राख्नेहरुका लागि यो एक्स्पो महत्वपूर्ण हुने आयोजकले जानकारी दिए। चितवन प्रदर्शनी केन्द्र भरतपुरमा एक्स्पो तीन दिनसम्म सञ्चालन हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0