काठमाडौँ । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिका सभापति जयन्ती राईले विपद्मा प्रजनन स्वास्थ्य अधिकार सुरक्षित गर्न कानुन बनाउनुपर्नेमा जोड दिइएकी छन।

राजधानीमा आज आयोजित ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा मबाट महिलावादअन्तर्गत विपद् र प्रजनन स्वास्थ्य तथा अधिकारसम्बन्धी सचेतना कार्यक्रममा उहाँले विपद्मा प्रजनन स्वास्थ्य अधिकार सुरक्षित गर्ने गरी कानुनी व्यवस्था गरी त्यसको कार्यान्वयनका लागि आवश्यक संरचना बनाइनुपर्नेमा जोड दिएकी हुन।

सेन्टर फर रिप्रोडक्टिभ राइट ९सीआरआर०, केयर, निड्स नेपाल, ह्युमनेटेरियन पार्टनसिप प्लेटफर्म ९एचपीपी० र महिला कानुन र विकास मञ्च ९एफडब्लुएलडी० ले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा प्रत्यक्ष चित्रकला प्रदर्शनी, नाटक, कविता, गीत सङ्गीत तथा अन्य प्रस्तुतीकरणबाट विपद् र प्रजनन स्वास्थ्य तथा अधिकारका बारेमा सचेतना गराइएको थियो । चित्रकार उमेशचन्द्र अधिकारीले विपद् र प्रजनन स्वास्थ्य तथा अधिकारबारे कार्यक्रमस्थलमै चित्र बनाएका थिए । उनले अतिथिबाट थिम लिएर तीन वटा चित्र बनाएका थिए। उनको चित्रलाई दर्शकले टिप्पणी गरेका थिए ।

‘महिलामा लगानी स् सभ्य र समुन्नत समाजको थालनी’ लाई ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको मूल नारा बनाइएको उक्त कार्यक्रमको उद्घाटन प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले गरेका थिए ।

महिला, कानुन र विकास मञ्चका अध्यक्ष गीता अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद, अधिकारकर्मी, विभिन्न कलेजका कानुन अध्ययन गरिरहेका विद्यार्थीको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0