काठमाडौं । वीर अस्पतालले विद्युतीय तरङ्ग दिई मस्तिष्क सञ्चालन गर्ने उपचार विधि डीप ब्रेन स्टिमुलेसन (डीबीएस) भागल नर्भ स्टिमुलेसन -भीएनएसतथा अन्य उपचार विधि सञ्चालनमा ल्याउने भएको छ ।

अस्पतालले बिहीबार एक सूचना प्रकाशित गर्दै औषधिहरुले सञ्चो नभएका पार्किन्सन्स, छारे रोग, शरीर कम्पन जस्ता समस्या भएका बिरामीहरुले सम्पर्क गर्न भनेको हो ।

अस्पतालका न्युरो सर्जरी विभाग प्रमुख प्रा.डा. राजीब झाले पार्किन्सन रोग, छारे रोग, डिप्रेसन, शरीरिक कम्पन (मुभमेन्ट डिसअर्डर) डिस्टोनिया र ओसीडी जस्ता अवस्थाको लागि परम्परागत उपचारहरुमा सन्तोषजनक रुपमा सुधार हुन नसकेका बिरामीका लागि व्याटरीबाट विद्युतीय तरंग दिई मस्तिष्कलाई सञ्चालन ल्याउने विधि सुरु गर्न लागिएको बताए ।

उनले औषधिहरुले सञ्चो नभएका यस्ता बिरामीहरुका लागि डीबीएस र भीएनएस लगायतका यी नयाँ विधि सञ्चालनमा ल्याउन लागिएको बताए ।

अस्पतालले यो विधिबाट उपचारका लागि बिरामीहरुको छनौट गर्नै कार्य आगामी १८ चैतसम्म न्युरो सर्जरी विभागको ओपिडी कोठा नं ४३१ मा सञ्चालन गरिएको समेत उल्लेख गरेको छ ।

औषधिहरुले निको नभएका पार्किन्सन्स, छारे रोग, शरीर कम्पन जस्ता समस्या भएका बिरामीहरुका लागि वीर अस्पतालको न्युरो सर्जरी विभागले यो नयाँ उपचार विधि सञ्चालनमा ल्याउन लागेको अस्पतालका निर्देशक डा सन्तोष पौडेलले बताए । उनले न्युरो विभागले नयाँ उपचार पद्धती सञ्चालन गर्न लागेको भन्दै यस्ता समस्या भएका बिरामीहरुले लाभ लिन आग्रह गरे ।

उनले आगामी १८ चैतसम्म तोकिएको कोठामा हरेक दिन मध्यान्न १२ देखि १ स् ३० बजेसम्म आएर सम्पर्क गर्न समेत भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0