काठमाडौँ । मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउन सरोकारवालाले जोड दिएका छन् ।स्वास्थ्य पत्रकार मञ्च, नेपालले आज यहाँ आयोजना गरेको ‘औषधिको गुणस्तर, मापदण्ड र कानूनी प्रावधान’ बिषयक अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाले सरकारले औषधिमा मुलुकलाई आत्मनिर्भर बनाउने पहल गरिरहेको बताए ।
उनले सरकारले निःशुल्क वितरण गर्ने ९८ वटा औषधि खरिद गरे नेपाली औषधि उद्योग फस्टाउने धारणा राखे । उनले सरकारले ९८ किसिमका औषधि खरिद गर्न सके बाहिरबाट औषधि ल्याउन नपर्ने भनाई पनि राखे ।
‘अहिले हामी ५० प्रतिशत मात्र आत्मनिभएर भएका छौ, । उत्पादन र आयातको तारताव्यता मिलाउनु पर्यो । कुनै पनि देशले आफ्नै देशमा उत्पादित औषधिबाटै नै आत्मनिर्भर हुने भन्छ । हामीले पनि स्वदेशी औषधि उपभोग गर्नुपर्दछ,’ उनले भने, ‘कुन–कुन उद्योगबाट के–के औषधि उत्पादन गर्न हुन्छ के हुदैन । हाम्रो देशमा कस्ता रोग फैलिरहेको छ । त्यो हेरेर हामीले औषधि उत्पादनको रोडम्याप बनाउनु पर्दछ ।’
अतिरिक्त स्वास्थ्य सचिव डा. देवकोटाले चुहावट नियन्त्रण गरेर औषधिको मूल्यमा समायोजन गर्ने बताए ।
उनले उद्योगमा नै प्रयोगशाला रहेकोले औषधि गुणस्तर रहेको छ भन्ने हामीले विश्वास गरेको बताए ।
औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले शरिरमा औषधिले काम गर्यो भने मात्र औषधिको गुणस्तर मापन हुने बताए ।
उनले गुणस्तर सुधार्न विभागले नयाँ नयाँ प्रविधि ल्याइरहेको भन्दै उद्योगले पनि सुधार गरिरहेको बताए । ‘रिसर्च, विज्ञलाई राखेर औषधिको फर्मुलेसन भइरहेको छ । सर्टेन टेष्ट गरेपछि गुणस्तर भन्ने मिल्दैन । होल लाइफसाइकललाई हेर्नुपर्दछ । जिवन पथमा त्यो औषधिले काम गरेर मात्र त्यो गुणस्तर हुन्छ’ उनले भने ।उनले औषधिको उत्पादनदेखि प्रयोगसम्म हेरेर मात्र गुणस्तर हो वा होइन भन्ने थाहा हुने बताए ।
नेपाल औषधि उत्पादक संघका अध्यक्ष महेश प्रधानले नेपालमा उत्पादन गने औषधि गुणस्तर नै रहेको बताउनुभयो ।
औषधि उद्योग संचालन गर्न त्यति सजिलो नभएको भन्दै बाहिर बसेर औषधि उद्योगभित्र पिडा नबुझ्ने बताए ।
“औषधि उद्योगमा ६० अर्ब रुपिया लगानी रहेको छ । एउट औषधि उद्योग संचालन गर्न करिव ८० करोड लाग्दछ । तर स्वदेशी उद्योगले उत्पादन गरेका औषधिको उपभोगको ३० अर्ब रहेको छ,” उनले भने, “ ६० अर्ब लगानी गरेर ३० अर्ब वेचेको छौ । कुनै पनि बिजनेश लगानीको ६ गुणा गर्नुपर्दछ । यसले गर्दा हामीलाई समस्या छ ।”
उनले सरकारले खरिद गर्ने औषधि स्वदेशी उद्योगले उत्पादन गरेको खण्डमा औषधि उद्योग फस्टाउने बताए । उनले सरकारले खरिद गर्ने औषधि किनेमा आफुहरु छ बर्षभित्रमा मुलुकलाई चाहिने औषधि उत्पादन गर्न सक्ने र बाहिरबाट कुनै पनि औषधि खरिद गर्न नपर्ने अवस्थाको सिर्जना गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले औषधि गुणस्तर बनाउन मिसन, औजारको प्रर्दशनी चितवनमा हुने एक्स्पोमा हुने बताए ।
आयुर्वेदिक औषधि उत्पादन संघका अध्यक्ष सुमन पाण्डेले औषधिको गुणस्तरमा संवेदशनलि रहेको छ । उनले सरकारले बनाएको मापदण्ड पुरा गरेर नै विरामी सम्म पुरयाएको बताए ।
उनले सरकारले उद्योगलाई सहयोग गरे उद्योगीले मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउने बताए ।
नेपाल फर्मास्युटिकल्स एसोसिएसनका महासचिव संजिव कट्टेलले औषधिको लागि गुणस्तरिय प्रयोगशालामा ध्यान दिनुपर्ने बताए ।
औषधि आयातकर्ता संघका महासचिव पवन आचार्य नेपाली औषधि उद्योग फस्टाउनुपर्ने बताए । उनले औषधिको गुणस्तर कायम राख्नुपर्ने भन्दै वदेश उद्योग संरक्षण आवश्यक रहेको बताए । विश्वमा नेपाल सवभन्दा कम मूल्यमा औषधि वेच्ने मुलुकको रुपमा रहेको बताए ।
कार्यक्रममा स्वास्थ्य पत्रकार मंचका अध्यक्ष सरोज ढुंगेलले औषधि मानिसको स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने भएकोले गुणस्तरिय औषधि उत्पादनमा ध्यान दिनुपर्ने बताए ।