८०० बी.सी.मा सुश्रुत ले आँखाको रोगको बारेमा चर्चा गरेका थिए र उनले ७६ वटा आँखा रोगको बारेमा लेखेका पनि थिए । उनी मोतियाबिन्दुको शल्यकृयाको बारेमा पनि परिकल्पना गर्दथे । १९औँ शताब्दीमा अप्थाल्मोस्कोपको बिकासपछि आँखा उपचारको क्षेत्रमा उल्लेख्य बिकास हुँदै गएको पाईन्छ । बिसौँ शताब्दिसम्म आईपुग्दा अति बिशिष्ट उपचार सेवाको बिकास भएको पाईन्छ । आँखाको कुनै एक अङ्गको बिशेस अध्ययन र सुक्ष्म उपचारको बिशेषता यसै शताब्दीमा शुरु भएको हो । ग्लुकोमा,रेटिना, मोतियाबिन्दको शल्यकृया,बच्चाको आँखा सँबन्धी उपचार,कर्निया,आँखाको अर्बुद रोग सँबन्धी उपचारको प्रकृया यसै समयमा शुरुवात भएको देखिन्छ । बिश्व मानचित्रको कुरो गर्दा, हाम्रो आफ्नो देश नेपालले पनि यस क्षेत्रमा, कतिपय छिमेकी मुलुक भन्दा मनग्गे प्रगती गरेको देखिन्छ । त्यस्को प्रमाणको रुपमा नेपालभित्र खुलेका बिशिष्ट अस्पताल र तिन्ले बिदेशीहरुलाई समेत आकर्सित गरेको तथ्य दिनहुँ अस्पतालामा लाग्ने गरेको चापबाट बुझ्न सकिन्छ ।
नेपाल आँखा अस्पताल (Nepal Eye Hospital)
२०३० साल देखि अनवरत सेवा प्रदान गरि रहेको नेपाल आँखा अस्पताल नेपालकै अग्रणी आँखा अस्पतालको रुपमा लिईन्छ । ५० बर्षको निरन्तर आँखा सँबन्धी उपचारामा यस्को सँग्लनता र कतिपय अग्रणी आँखा रोग बिशेषज्ञ हरुले सेवाअ दिई सकेको यस अस्पतालाले अझै पनि निरन्तर सामान्य देखि बिशिष्ट सेवाअ प्रदान गर्दै आएको छ । त्यसो त एउटा सानो ईकाईको रुपमा त्यसभन्दा पहिले बिर अस्पतालमा आँखाको उपचार सेवा शुरु भई सकेको पनि थियो, त्यसैलाई अझै बिस्तारित गर्न नेपाल आँखा अस्पताल सँचालन गरिएको बुझिन्छ ।
नेपाल नेत्रज्योती सँघ (Nepal Netrajyoti sangha)
उक्त समयमा, केहि ९ जना उत्साहित र सम्मानिय ब्यक्तित्वहरुले थालेको समाजसेवाको यो अनुकरणिय कार्यले आज नेपालमा एक उदाहरणको रुपमा बिस्तार गरेको छ । ति ब्यक्तित्वहरु स्व रवि शम्सेर राणा, डा रामप्रसाद पोखरेल,स्व मणीहर्ष ज्योती,स्व बद्री बिक्रम थापा,स्व अनङ्ग मान शेरचन,स्व बनवारीलाल मित्तल,स्व तोलाराम दुगड,स्व राजकृष्ण श्रेष्ठ, स्व कमलमणी दीक्षित हुनुहुन्थ्यो । यसमद्धे डा रामप्रसाद पोखरेलालाई त नेपालको”आँखा बा” भनेर सम्मानका साथ सबैले चिन्दछन ।
वि.सं. २०३५ सालदेखि दृष्टिविहीनहरुको सेवामा तल्लिन नेपाल नेत्रज्याति संघ ४५ औं वर्षमा प्रवेश गरेको छ । ४४ जिल्लामा आफ्नो सेवा विस्तार गरेको यस संघले नेपालका हरेक क्षेत्रलाई समेट्ने गरी २७ आँखा अस्पताल एवं १ सय ५० आँखा उपचार केन्द्र स्थापना गरिसकेको छ ।

विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)को मापदण्डका आधारमा सन् २०१९-२० मा नेपालमा अन्धोपनको पछिल्लो अवस्थाको जानकारी प्राप्त गर्न ‘र्यापिड एसेसमेन्ट अफ एभोइडेबल ब्लाइन्डनेस सर्वे’ गरेको छ । उक्त सर्वेको निष्कर्ष अनुसार नेपालमा अन्धोपनको स्थिति सन् १९८१ को ०.८४ प्रतिशतबाट घटेर सन् २०२० मा ०.२८ प्रतिशतमा झरेको पाइएको थियो । १९८१ मा झण्डै १०० जनामध्ये १ जना दृष्टिविहीनताको स्थिति रहेकोमा करिब ४० वर्षपछि सन् २०२० को सर्वेक्षणबाट दृष्टिविहीनताको स्थितिलाई घटाएर ३ सय ५८ जना बराबर १ जनामा ल्याउन सफल भएको संघले जनाएको छ ।

नेपाल नेत्रज्योती संघले नेपाल सरकारको सहयोग र निर्देशनमा ‘राष्ट्रिय ट्रकोमा’ कार्यक्रम संचालन गरी नेपाललाई विश्व स्वास्थ्य संगठनबाट दक्षिणपूर्वी एशियाली क्षेत्रमा नै जनस्वास्थ्य समस्याको रुपमा रहेको ट्रकोमा रोग निवारण गर्ने पहिलो देशको रुपमा सम्मानित गराएको छ ।
तिलगँगा आँखा अस्पताल ( Tilaganga Institute of Opthalmology)
जुलाई १९९२ मा नेपाल आँखा कार्यक्रमको रुपमा शुरुवात भएर यस्को कार्यात्मक प्रमुख ईकाईको रुपमा तिलगँगा आँखा अस्पताल शुरुवात भएको देखिन्छ । नेपाल मात्र नभई छिमेकी मुलुक लगायतमा पनि ख्याती कमाएको यस ईन्स्टिचुट ले आज सम्म सयौँ स्नातकोत्तर चिकित्सक, र प्राविधिकहरु तयार पारीसकेको छ । यहाँ अहिले पनि बिदेश बाट सम्म अध्ययन गर्न बिधार्थी आउँछन भने उपचार गर्न पनि धेरै नै आउने गर्दछन ।

अत्याधुनिक उपचारका साथै बिशिष्ट प्रकारको शल्यकृयामा पनि तिलगँगाको महानता देखिन्छ । आज साधारण उपचार देखि रेफेरल सेन्टरको रुपमा पनि यस्को बिकास हुनु र छिमेकी मुलुकहरुबाट पनि बिरामीका साथै फेलोशिप गर्न बिधार्थीहरु आउनु भनेको देशकै निमित्त एक गौरव हो भन्नु पर्दछ ।
निजी आँखा अस्पतालहरु ( Eye Hospital in private sector)
यस बाहेक देश भर बिशिष्ट आँखा उपचार सेवा दिने उदेश्यले खोलिएका अन्य आँखा अस्पतालहरुको पनि यस क्षेत्रको बिकास र उत्थानमा ठुलो योगदान रहेको छ । आज लासिक्स,रेटिना,ट्रान्सप्लान्ट जस्तो सँबेदशिल शल्यकृयामा निजी आँखा अस्पतालहरुको दक्षता सराहनिय छ ।
मेडिकल टुरिज्म (Medical Tourism)
हाम्रो देशमा बेला बेलामा सुनेन मेडिकल टुरिज्मको कुरोमा आँखा उपचार क्षेत्रमा लागिपरेका आँखा अस्पतालहरुले स्थापनाकाल देखिनै ठुलो टेवा पुर्याउँदै आएको देखिन्छ । यहाँ छिमेकी मुलुक ईण्डिया, बँगलादेश, भुटान बाट आउने बिरामी र तीनका आफन्तहरुले यहाँ उपचार मात्रै पाउँदैनन यहाँको होटेल, यातायात ब्यवसाय, सरसामानको बजारमा पनि खर्च गरेर जाने गर्दछन । आँखा अस्पताल क्षेत्रमा बिदेशबाट आउनेहरुको घुँईचो, होटल रेस्टुरेन्टमा खाना खानेको लाईन र बिहान बेलुका रिक्सा टेम्पुमा आवत जावतले गर्दा ई सम्पुर्ण क्षेत्रमा आबद्ध नेपालीहरुलाई राम्रो रोजगार मिलेको छ । यस्को अलावा नेपाल भित्र यसरी आउनेहरुले यहाँबाट फर्केर गएपछि नेपालको उपचारको बिशेष्टताको मात्रै प्रचारप्रसार गर्दैनन तर यहाँको अतिथी सत्कारको पनि त्यतिनै तारिफ गर्ने गर्दछन, जसानुसार अन्य सयौँ हजारौलाई नेपाल जान उत्प्रेरणा पनि गर्ने गर्दछन ।
नेपाल रेडक्रस सोसाईटी (Nepal Redcross Society)
नेपाल रेडक्रस सोसाईटीले पनि नेपालका आँखा रोग सँबन्धी रोगीहरुलाई लक्षित गर्दै आँखा स्वास्थको निमित्त अस्पतालहरु सँचालन गरेको छ । आफैमा एक सामाजिक सँस्था भएकोले, त्यहि पवित्र उदेश्यका साथ सँचालित रेडक्रसको अस्पतालहरुबाट, तराई पहाडका जनताका साथै छिमेकी मुलुकहरुबाट आउने बिरामीहरुले पनि सहुलियतका साथ सेवा पाई रहेका छन ।

आँखा स्वास्थको उपचारमा नेपाली स्वदेशी औषधी उधोगहरुको भूमिका (Nepali Pharma Industry in Eye Care)

नेपालमा पनि औषधी उत्पादनको ईतिहास अब पुरानो भई सकेको छ, झण्डै ५० बर्ष पहिले देखि नेपालमा उत्पादन शुरु भएको गरिमामय उपस्थितीले देशको अर्थतन्त्रलाई टेवा पुर्याउनु को साथै मनग्गै रोजगारको अवसरहरु पनि सृजना गरेको छ । आज देश भित्र सँचलित एलोपैथिक,आयुर्वेदिक, भेटेनरी तथा अन्य यस्तै प्रकृतीका उधोगहरुले नेपालमा बैज्ञानिक दक्षतापुर्ण उत्पादनको दरिलो प्रस्तुतीहरु दिईरहेको छ ।

अब नेपाली औषधीको गुणस्तरको प्रश्न लाई उत्पादनको गुणस्तरियताले अनुत्तरित बनाई सकेको छ । कसैले यदाकदा उठने प्रश्नको कुरो गर्छ भने बिश्वको कुन मुलुकमा त्यस्तो देखिँदैन उदाहरणहरु खोजे पुग्छ । सन १८७२ मा पहिलो पटक जर्ज ईब्रस नामक बैज्ञानिकले ईजिप्सियन औषधियहरु सँमिश्रण तयार गरि आँखामा प्रयोग गर्ने पेस्ट बनाएको ईतिहासमा पाईन्छ । उक्त पेस्टमा म्यागनिज एवँ कपरको पनि प्रयोग गरिएको हुन्थ्यो ।

आई ड्रप्स भन्ने बित्तिकै त्यस्तो औषधीलाई बुझ्नु पर्दछ, जुन उपचार अथवा जांचको निमित्त आँखामा एक अथवा बढी ड्रप्सको रुपमा हालिन्छ ।आई ड्रप्स औषधीको एक्टिभ ईङ्रेडियन्टलाई वाटर फोर ईन्जेक्सन अथवा बफर सोलुसनमा मिसाएर तयार पारिन्छ ।

यो अत्यन्तै सँबेदशिल औषधिय प्रीपरेसन भएकोले, यस्को उत्पादनको निमित्त धेरै सावधानीहरुलाई अमल गरिन्छ । नेपालमा पनि तत्कालिन रोयल ड्रगले आँखाको उपचारको निमित्त आई ड्रप्सको शुरु गरेको त्यसपछि बिगत दुई दशक देखिनै निजिक्षेत्रका उधोगहरुले पनि आँखाको उपचारका निमित्त प्रयोग हुने आई ड्रप्स तथा मल्हमको उत्पादन शुरु गरेको हो । आज नेपालभित्र लुब्रीकेटिन्ङ्ग,एन्टिबायोटिक,ग्लौकोमा,पेन किलर,एन्टीफङ्गल,नानी फुलाउने,स्टेरोईड तथा अन्य आई ड्रप्सहरुको उत्पादन भईरहेको छ । आँखाको ड्रप्शहरउको उत्पादन पुर्णतया स्टेराईल बातावरण मा गरिन्छ भने यस्को निमित्त गुणस्तरिय कच्चा पदार्थ र दक्ष प्राविधिकहरुको पनि आवश्यकता पर्दछ ।

नेपाल सरकार एवँ डब्लु एच ओ को मान्यता अनुसार आई ड्रप्सको उत्पादनमा अन्यको भन्दा बढी उत्पादन पुर्व (before production) र उत्पादन पछि (after production) को गुणस्तर टेस्टीङ्गको (Quality tests) प्रावधान हुने गर्दछ । आफ्नै उधोगको ल्याबका(In house Lab) साथ साथै बाहिर को ल्याबबाट (External Lab) पनि बिभिन्न प्यारामीटरहरुमा गुणस्तरको परिक्षण पस्चात मात्र यस्लाई बजारीकरण गरिन्छ ।

पुर्णतया स्टेराईल बातावरण,स्टेरलिट्री टेस्ट,हावाको पनि बिशेस श्रेणीको ब्यवस्था,फर्माकोपियल प्रविधीहरुको अबलँवन गरेर नेपालमा उत्पादन भईरहेको आईड्रप्शहरउले अहिले नेपालको सबैजसो आँखा अस्पताल एवँ चिकितसकहरुको यथासक्य बिश्वास पाईरहेका छन । आज महामारी जस्तो अवस्थामा पनि स्वदेशी उधोगले सरकारको काँधमा काँध मिलाई आपुर्ती ब्यवस्थापनमा हातेमालो गरेका छन ।भरखरै श्रावण भाद्रमा फैलिएको आँखा पाक्ने रोगको बेलामा सबैभन्दा बढी नेपाली उधोगहरुले नै आपुर्ती ब्यवस्थापन लाई सहज पुर्याएको उदाहरण हामी सामु देखिएकै छ ।

बजार को साईज धेरै ठुलो नभए पनि आज स्वदेशी उधोग हरुले ठुलो लगानीका साथ उत्पादन गरीरहेको आँखाको रोग सँबन्धी औषधी ड्रप्स ईत्यादीको सँबर्धनमा सरकारको पनि साथ रहेको छ, र भविश्यमा अझै बढी साथको अपेक्षा रहेको छ । ज्ञातब्य रहोस,छिमेकी मुलुकको भन्दा बढी लगानी,आयातित कच्चापदार्थ, महङ्गा मेशिन,महङ्गा टेस्टिङ्ग रसायनहरु ठुलो खर्च हुँदा हुँदै पनि नेपाली आई ड्रप्सहरु नेपालमै बजारीकरण गर्ने कतिपय बिदेशी उधोगको भन्दा सस्तो र सुलभ छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0