काठमाडौं । पछिल्ला वर्ष औषधि कम्पनीहरु आर्थिक शंकटमा परेका निजि औषधि कम्पनीहरु बताउँछन् । औषधि कम्पनीको अवस्था र सरकारबाट के कस्तो सहयोग पाइरहेका छन् । आगामी फागुन २५ गतेदेखि २७ गतेसम्म चितवनको प्रर्दशनी कक्षमा ‘नवौ’ नेपाल फर्मा एक्स्पो–२०२४’ नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा हुँदैछ ।
उक्त एक्स्पो किन र के कारणले आयोजना गरिएको लगायत लगायत विषयमा औषधि उत्पादक संघका अध्यक्ष महेश प्रधानसँग हेल्थवाणीकी  सञ्जिता खनालले गरेको कुराकानीमा आधारित अंश :

नेपालमा औषधि कम्पनीको अवस्था कस्तो छ ?
नेपालमा सन् २००२ देखि विश्व स्वास्थ्य संगठनको जिमपी प्राक्टिस अनुसार पाँच वटा औषधि कम्पनीले पाएका थिए । त्यसलाई अनुशण गदै जाँदा अन्य कम्पनी स्थापना भएका हुन् । छिमेकी औषधि कम्पनी भन्दा नेपालका केही यस्ता कम्पनी छन् । जुन छिमेकी देशका औषधि कम्पनीभन्दा निकै राम्रा कम्पनी हाम्रो नेपालमा पनि छन् ।
विदेशी कम्पनी जस्ता नेपालमा पनि राम्रा गुणस्तरिय औषधी उत्पादन गर्ने कम्पनीहरु छन् । केहीमा सुधार पनि गरेर लैजानुपर्ने अवस्था भने छ नै । नेपालका औषधि कम्पनीहरु ३५ देखि ४० प्रतिशत मात्र औषधि उत्पादन गरेका छन् ।
नेपालमा ६६ अर्वको व्यापार हुने गर्छ । नेपाली औषधि कम्पनीले ५० प्रतिशत मात्र उत्पादन गर्यो भने ३४ अर्वको मात्र
नेपाली औषधि कम्पनीले ६० अर्वको लगानी गरेका छन् । एउटा औषधि उद्योग सञ्चालन गर्न ७० देखि ८० करोड चाहिन्छ ।
अहिले कति वटा औषधि उद्योग सञ्चालनमा छन् ?
अहिले आएर ८३ वटा उद्योग संचालनमा रहेका छन् । केही उत्पादन गरिरहेका छन् । केही बन्द भएका छन् । अहिले हाम्रो व्यापार करिब ३० अर्व मात्र छ । विदेशमा उत्पादनको ६ देखि १० गुणा व्यापार गर्छन् । तर नेपाली औषधि कम्पनीले जति लगानी गर्यो गरेको छ त्यसको आधा मात्र व्यापार गरिरहेको छ ।

औषधि उद्योगलाई दिगो बनाउँन के गर्नुपर्ला ?
सरकारसँग हामीले धेरै सहयोग नै मागेका छैनौं । सरकारले नेपालमा उत्पादन हुने औषधि मात्र किनिदिए पुग्छ । कुनै पनि औषधि ४ वटा कम्पनीले उत्पादन गरेको छ भने । त्यो औषधि बिदेशबाट ल्याउँन बन्द गरिदिएमा अबको १० वर्षभित्र औषधि कम्पनीले खबौं रुपैयाँ दिन्छ । अहिले पनि औषधि कम्पनीले ५ देखि ६ अर्ब कर सरकारलाई तिर्ने गरेको छ ।
सरकारले हामीले उत्पादन गरेका र उत्पादन गर्न सक्ने औषधि किनिदिन प¥यो। हामी मुलुकलाई औषधिलाई अभाव नहुने गरी जति पनि औषधि उत्पादन गर्दछौं,” उनले भने, “त्यसपछि सरकार पनि बाहिरबाट आयात गर्ने औषधिलाई बन्द गर्नुपर्दछ, स्वदेशी औषधि उद्योगले कुनै पनि औषधि उत्पादन गरेको छभने त्यो औषधि बाहिरबाट नल्यादिनुहोस् ।
अर्को धेरैबाट के गुनासो सुनिन्छ भने औषधिमा डुब्लीकेसन भयो भन्ने खासमा के हो ?
यो कुरा एकमदम आएको छ । नेपालमा आवश्यक ३० देखि ४० प्रतिशत औषधि कम्पनी भए पुग्ने ठाउँमा अहिले ९० देखि ९५ औषधि कम्पनीलाईलाईसेन्स दिएपछि त्यसले समस्या ल्याएको छ । आवश्यकभन्दा बढी कम्पनीले थाहाँ नपाई लाईसेन्स दिएको छ । हरेक कम्पनीले औषधि उत्पादन गर्यो बजार गर्यो । त्यसले असर गरेको छ ।
सरकारले औषधि निर्यातमा कस्तो सहयोग गरिरहेको छ ?
सरकारले नेपालमा उत्पादन गरेको औषधि निर्यातको कुरा गर्नु हुन्छ । यहाँ आत्मनिरर्भर हुन त सहयोग गरेको छैन् । सरकारले आत्म निर्भर हुन लाई सहयोग गर्नुभनेको नेपालमा उत्पादन भएका औषधिहरु नेपालमै खरिद भएमा मात्र आत्मािर्भर हुने हो ।
नेपालमा बार्षिक कति अर्वको औषधि उत्पादन हुन्छ ?
आर्थिक वर्ष २०७८/७९ नेपालमा नेपाली उद्योगीहरुको झन्डै ३४ अर्बको औषधिको कारोबार भएको थियो। तर आव २०७९/८० मा २९ अर्ब ३६ करोड मात्र कारोबार भएको छ । २० देखि ३० प्रतिशत कच्चा पर्दाथ आयात गर्ने गरेको छ ।
नेपालमा औषधि उत्पादन कम्पनीलाई बन्द हुनबाट रोक्न सरकारले औषधि उद्योगलाई गरिदिनुपर्ला ?
मुलुकमै लागि ७० देखि ८० प्रतिशत औषधि उत्पादन गर्ने क्षमता भए पनि सरकारले नेपाली औषधि खरिद नगर्दा ती उद्योग पूर्णरुपमा सञ्चालनमा आउन सकेका छैन् । नेपाली औषधि कम्पनीले विदेशी कम्पनी जसरी मौका नपाएका हुन ।
औषधि उद्योगले लगानी गरे अनुसारको आम्दानी पाएका छैन् । एउटा समस्या हो विदेशी कम्पनीले सोही औषधि आएर बेचेका छन् । अन्य देशहरुले औषधि उद्योगलाई सस्तोमा ऋण दिएको हुन्छ । तर नेपाल त्यो छैन् । सरकारले पनि त्यो गरिदिएमा अन्यभन्दा ऋण दिए त्यसले बन्द हुन लागेका औषधि उद्योगलाई राहत हुन्छ । यही चार वटा औषधि कम्पनीले उत्पादन गरेको औषधि विदेशबाट नल्यायोस् ।

अन्त्यमा तपाईहरुले चितवनमा नेपाल फर्मा एक्स्पो गर्न लाग्नुभएको छ नि किन?
नेपाल औषधि उत्पादन संघको आयोजना ‘नवौं’ फर्मा एक्स्पो गर्न लागेका छौं । धेरैले फर्मा एक्स्पो किन गरेको भनेर पनि प्रश्न गर्नुहन्छ ? यो एक्स्पो पहिला नेपालमा औषधिको बारेमा सिक्न र नेपालका औषधि बनाउँने मानिसहरु छिमेकी देशमा जाने गरेका थिए । निजि औषधि उद्योगहरुका औषधिका बारेमा सिक्न र बुझनका लागि यो एक्स्पो आयोजना सुरु गरिएको छ ।
यस एक्स्पोबाट विदेशका फर्मासिस्टहरुले उत्पादन गरेका सिपका बारेमा जानकारी दिन यो एक्स्पो आयोजना गरिएको छ । नेपालमा उत्पादन गरेको औषधिले नेपालमै ८० देखि ९० प्रतिशत बजारमा पुग्योस भन्ने हो । अर्को विदेशमा पनि व्यापार गर्न सकिन्छ भनेर नै ‘नौं’ औं फर्मा एक्स्पो आयोजना गरिएको हो ।

यसबाट आम जनतालाई के हुन्छ फाईदा हुन्छ ?
नेपालमा बन्ने औषधि कसरी बन्छ र कति गुणस्तरका छन् भनेर आम जनताले थाहाँ दिन पनि हामीले एक्स्पो आयोजना गरेका हौं । विदेशका मेसिन, औजार, केमिकल मेनिफयाक्सचरिङ र सेल्सहरुलाई एउटा सोकेशका लगायतका बारेमा जानकारी लिन र दिनका यो फर्मा एक्स्पो आयोजना गरिएको छ । ति औषधि उद्योगले गरेका काम, उत्पादन गरेका औषधिहरुलाई जनतामाझ परिचित होस् भने नै हो ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1