नेपाल मेडिकल काउन्सिलका नव नियुक्त रजिष्ट्रार डा. सतिशकुमार देवले पदवहाली गरेका छन् । शुक्रबार दिउसो बाँसबारीस्थित काउन्सिलको कायालय पुगेर उनले पदवहाली गरेका हुन् ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम) फर्माकोलोजी विभागका सह प्राध्यापक समेत रहेका डा. देव यसअघि दुई पटक काउन्सिलको सदस्य भएर काम गरेका व्यक्ति हुन् ।

गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले डा देवलाई रजिष्ट्रामा नियुक्त गर्ने निर्णय गरेको थियो ।यसअघि मेडिकल काउन्सिलको रजिष्ट्रार डा कृष्ण अधिकारी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1