काठमाडौं  ।सातौँ नेपाल मेडिकल तथा ल्याब एक्सपोको यहि फागुन १७ देखि १९ गते सम्म भृकुटीमण्डपमा हुदैछ ।
एस.डी. प्रोमो मिडियाले ईईपीसी भारत र केमसान नेपालसँगको सहकार्यमा सातौँ नेपाल मेडिकल तथा ल्याब एक्सपोको ( आज) फागुन १७ देखि १९ गते सम्म भृकुटीमण्डपमा हुदैछ ।
एस.डि. प्रोमो मिडियाका प्रोजेक्ट प्रमुख अनुरोध परासरले नेपालको स्वास्थ्य क्षेत्रमा योगदान दिने उद्देश्यले नेपाल मेडिकल एण्ड ल्याब एक्सपो आयोजना गरिएको बताए ।
उनले एक्स्पोमा सबैभन्दा ठूलो बि.टु.बि मेडिकल, डाइग्नोस्टिक, ल्याबरेटोरी तथा विश्लेषणात्मक समाधानहरूको प्रदर्शनी हुनुका साथै यस प्रदर्शनीले विभिन्न मूल्यका नवीन प्रयोगहरू तथा विविध उत्पादनहरू देखाउने छ जसले देशै भरिका विभिन्न ग्राहकहरूको माग सम्बोधन गर्ने यसका साथै यस एक्सपोले साना तथा ठूला कम्पनीहरूलाई एक अर्कासँग परिचय तथा सम्बन्ध बढाउदै आफ्ना सृजनाहरू परिचित गराउने सुनौलो अवसर दिने बताएका छन् ।

केमसान नेपालका अध्यक्ष भक्त बहादुर हमालले स्वास्थ्य क्षेत्रमा हरेक बर्ष नयाँ आविष्कार हुने भएकाले ति कुरा अस्पतालसम्म पुर्याउने उदेश्यले उक्त एक्स्पो गर्न लागेको बताए। उनले यस प्रदर्शनीबाट नयाँ कम्पनीहरूका लागि स्थापित संस्था तथा ब्रान्डसँग परिचय तथा चिनजानका लागि महत्त्वपूर्ण अवसर हुने बताएका छन ।

उनले प्रदर्शनीमा नेपाल र भारतसहित विभिन्न ८ देशका उत्पादकले आफ्ना ८०० बढी ब्राण्ड र १००० बढी उत्पादन प्रदर्शनीमा राख्ने बताए । मेडिकल तथा ल्याबको सबैभन्दा बृहत्त प्रदर्शनी नेपाल मेडिकल तथा ल्याब एक्सपो हो जसले उल्लेखनीय बिक्रेता तथा क्रेताहरूलाई साझा हितका लागि एउटै मञ्चमा ल्याउने गर्दछ । यस प्रदर्शनीमा अस्पतालहरूका प्रमुख , डाक्टरहरू, रोग विशेषज्ञहरू, सर्जिकल, निदान र अनुसन्धान प्रयोगशालाका विज्ञ, वैज्ञानिक, डिलर, वितरक , आयातकर्ता, खुद्रा विक्रेता र अन्य खरीददार समूहहरूका लागि मुख्य आकर्षण हुने हमालले बताएका छन ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0