काठमाडौं । विशेष अदालतले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निलम्बित उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई सफाइ दिएको छ। बुधबार विशेष अदालतका न्यायाधीसद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले डा गिरीलाई सफाई दिएका हुन् । गिरीविरुद्ध प्रोफेसर पदको दुरुपयोग गरेको भन्ने मुद्दा अदालतमा परेको थियो।
डा गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ सालको माग ९ गते नपाएको ओहोदा पाएँ भनी भ्रष्टाचार गरेको आरोपसहित विशेष अदालतमा मुद्धा दायर गरेको थियो।
विशेषले डा गिरीसहित मतियार बनाइएका विराट मेडिकल कलेजका अध्यक्ष प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीलाई पनि सफाइ दिएको छ। डा कार्कीले अदालतले आफूमाथि न्याय गरेको प्रतिक्रिया दिए।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1