काठमाडौं । सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन समितिको सदस्य पदमा तीन जनालाई मनोनित गरेको छ । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै तीन जना सदस्य मनोनित गरेका हुन् । सिन्धुपाल्चोकका होमनाथ शर्मा, बाराकी डा इमराना खातुन र भुपेन्द्र थापा ललितपुरलाई दुई बर्षका लागि मनोनित गरेका हुन् । सुर्तीजन्य पदार्थमा उठेको करको २५ प्रतिशत सुर्ती कर कोषमा छुट्याउनु पर्ने व्यवस्था छ ।
सुर्तीजन्य पदार्थको प्रयोगका कारण लाग्ने क्यान्सर, मुटु जस्ता नसर्ने रोगको उपचार गर्ने अस्पतालहरुलाई अनुदान तथा यसको नियन्त्रणमा क्रियाशिल गैर सरकारी संस्थाहरुलाई सचेतना अभियान सञ्चालनका लागि वितरण हुने गर्दछ ।तर अर्थ मन्त्रालयले बार्षिक ४० करोड रुपैयाँ मात्रै दिने गरेको छ । समितिमा लामो समय देखि सदस्य पदहरु रिक्त थियो । यो समितिको अध्यक्ष स्वास्थ्य मन्त्रालयका सचिव र सदस्य सचिव मन्त्रालयकै कानून उपसचिव हुने व्यवस्था छ ।
सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन समितिको सदस्य पदमा तीन जनालाई मनोनित
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1