कञ्चनपुर । सुदूरपश्मिमा पहिलोपटक बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ सेवा सुरुआत भएको छ । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ डा इच्छा ढकालले सेवा प्रदान गर्न थालेसँगै सुदूरपश्चिममै पहिलोपटक बाल क्यान्सर रोग विशेषज्ञ सेवा सुरु भएको हो । महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले भने,“अस्पतालमा पहिलोपटक बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ आउनुभएको छ । बालबालिकामा हुने क्यान्सरको पहिचान गर्न र समयमै उपचार गरी निको पार्न सकिन्छ ।” रक्तरोग विशेषज्ञ डा ढकालले बालबालिकामा हुने क्यान्सरको उपचार सम्भव रहे पनि बाल क्यान्सर हुनै नदिने गरी रोकथाम गर्न कठिन हुने बता ।

“वयस्कहरूले धूमपान तथा मद्यपान सेवन नगर्ने र स्वस्थ जीवनशैली अपनाउने हो भने क्यान्सरबाट जोगिन सकिन्छ”, उनले भने, “बालबालिकामा हुने क्यान्सर अलि फरक छ, वयस्कलाई झैँ रोकथामका उपाय अपनाउन सकिँदैन ।” उनका अनुसार बालबालिकामा रक्त क्यान्सर ९ब्लडक्यान्सर०, ग्रन्थी आँखाको क्यान्सर, मिर्गौलामा क्यान्सर आदि हुन् । सामान्यतया बालबालिकालाई लामो समयसम्म ज्वरो आउने तर ज्वरोको कतिपय अवस्थामा रगत बग्ने, शरीरमा निलो डाम देखापर्ने गर्छ ।

उनले क्यान्सरका बिरामी अन्तिम समयमा अस्पतालमा पुग्ने गरेका कारण उपचारका कठिनाइ हुने गरेको बताए । “क्यान्सरका बिरामी ढिलोगरी अस्पतालमा उपचारका लागि आउने गरेका छन्”, डा ढकालले भने, “समयमै उपचार गर्नसके क्यान्सर निको पार्न सकिन्छ ।” महाकाली अस्पतालमा जनशक्ति र उकरण अभावले क्यान्सरको उपचार सम्भव नभए पनि क्यान्सरको पहिचान गरी समयमै उपचार गर्नसके यसको निदान सम्भव रहेको उहाँले बताए ।

प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णानन्द भट्टले पछिल्लो समय अस्पतालमा विशेषज्ञ सेवा थपिँदै गएको बताए । “अस्पतालमा २८ विषेशज्ञ चिकित्सकको दरबन्दी भए पनि अहिले १३ विशेषज्ञ चिकित्सकले सेवा दिँदै आएका छन्”, उनले भने , “अस्पतालले गाइनोलगायतका विशेषज्ञ सेवा थप्दै छ ।” पछिल्लो समय अस्पतालले डायलायसिस सेवासमेत सुरु गरेपछि यहाँका सेवाग्राहीलाई सहज भएको छ ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0