नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा.सतिशकुमार देव नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. देवलाई काउन्सिलको रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हो । देव यसअघि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडामा शिक्षाध्यक्ष थिए ।

भने पूर्व काउन्सिलका सदस्यसमेत थिए । डा. देव त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) मा फर्माक्लोजीका सह—प्राध्यापकसमेत हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन ८ मा काउन्सिलको रजिष्टारमा डा. देवलाई सिफारिस गरेको थियो । मन्त्रालयको सिफारिसमा काउन्सिलको रजिष्ट्रार मन्त्रिपरिषद्ले नियुक्त गर्ने व्यवस्था छ ।

यसअघि काउन्सिलको रजिष्ट्रारमा डा.कृष्ण अधिकारी थिए। उनको कार्यकाल सकिएपछि उक्त स्थान दुई महिनादेखि खाली थियो ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0