काठमाडौं । काठमाडौंको थापाथली परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबाट बएक जना शिशु चोरी भएको भन्दै प्रहरी कहाँ उजुरी परेको छ । काभ्रेकी एक जना महिलाले जन्मदिएको २६ दिनको शिशु चोरी भएको भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौंमा खबर गरेकी हुन् । घटना शुक्रबार दिउँसो साढे १२ बजेतिरको हो ।

प्रहरीले अस्पतालको सीसीटीभीबाट हेर्दा बच्चालाई लिएर अपरिचित व्यक्ति बाहिरिएको देखिएको पाइएको छ।

अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीका अनुसार पीडित महिला स्वास्थ्य परीक्षणका लागि ओपीडी जाँचको लागि अस्पताल पुगेकी थिइन् । उनका अनुसार ती महिला २६ दिने शिशु लिएर आएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0