काठमाडौं । नेपाल चिकित्सक संघ र सामाजिक संस्था साथसाथैबीच जलवायूका क्षेत्रमा संयुक्तरुपमा काम गर्ने गरी बिहीवार सम्झौता भएको छ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक, विपन्न र पिछडीएका वर्गसहितका स्वास्थ्यमा पारेको असर र त्यसका न्यूनीकरणका लागि एक साथ मिलेर काम गर्ने भनि सम्झौतापत्रमा उल्लेख भएको छ।नेपाल चिकित्सक संघको तर्फबाट अध्यक्ष डा अनिल विक्रम कार्की र साथसाथैबाटअध्यक्ष प्रजिता कार्कीले हस्ताक्षर गरेका हुन् ।

साथसाथैले आउँदो मार्च ८ तारिखमा जलवायू परिवर्तनबाट पारेको असरको न्यूनिकरणका लागि ध्यानाकर्षण गराउन विभिन्न क्षेत्रकाअगुवा महिलाहरुले लुक्लाबाट कालापत्थरसम्म पदयात्रा समेत गर्दैछन्।

साथसाथैले सगरमाथा हिमालसहित विभिन्न हिमालय क्षेत्र, मेलम्ची र मधेशमा जलवायु न्यायका लागि विभिन्न क्रियाकलाप गरिरहेको छ। यस सम्झौताले स्वाथ्य क्षेत्रमा सहकार्य गर्न हामीलाई थप उर्जा मिलेको संघका अध्यक्ष डा कार्कीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0