काठमाडौं । जाडोको समयमा धेरै मानिसलाई छालाको समस्या आउँने गरेको देखिन्छ । चिसो मौसममा छाला सुख्खा, सोरासिस, खस्रो हुने, चिसोको कारण कत्लेरोग, एक्जिमा, एलर्जी जस्ता छालाको समस्या बढ्नुका साथै धेरै घाममा बस्ने हुँदा छालामा चायाँ पोतो जस्ता समस्या आउँने हुन्छ । यसै विषयमा केन्द्रित रहे बरिष्ठ छालारोग विशेषज्ञ डा. श्री थापासँग हेल्थवाणीकी सञ्जिता खनालले गरेको कुराकानीको अंश :

जाडोमा छालाका कस्ता-कस्ता समस्या लिएर बिरामीहरु आउँने गरेका छन् ?
जाडोमा सेन्सेटिभ छाला भएकाहरुमा छाला सुख्खा हुने, रातो हुने , फुस्रो हुने समस्या बढी लिएर आउँने गरेका छन् । त्यसमा पनि अझ बढी सुख्खा चायाँ पोतोको समस्या बढी लिएर आउँने गरेका छन् ।

यस्तो समस्या आउँनुका कारण के हो ?
जाडोमा चिसो वातावरणले शरीरमा भएको चिल्लो पदार्थ सोचेर लिने कारणले गर्दा छाला सुख्खा हुने, खस्रो हुने जस्ता समस्या बढ्ने हुन्छ । अर्काे चिसोमा कोठामा हिटर, एसी चलाउँदा आगो बालेर धेरै बस्दा छाला सुख्खा हुने हुन्छ ।
त्यसैगरी चिसोका कारण गृहणीहरुमा हातखुट्टा फुट्ने, हातखुट्टा सुनिने, अत्यधिक चिलाउने, रातो फोका आउने, रातो डाम आउने जस्ता छालाको समस्या देखिने हुन्छ ।

जाडोमा आउँने समस्याबाट कसरी बच्ने ?
जाडोमा चिसो वातावरणले शरीरमा भएको चिल्लो पदार्थ सोचेर लिने कारणले गर्दा छाला सुख्खा हुने ुहदाँ मोस्चराईजरको प्रयोग गर्ने गर्नुपर्छ । गर्मीका नर्मल छाला हुने पनि जाडोमा सुख्खा नै हुन्छ । केहीलाई जाडोमा डन्डीफोरको समस्या पनि आउँने हुन्छ । आफ्नो छाला अनुसारको मोस्चराईजर लगाउँनुपर्छ ।
त्यसैगरी,जाडोमा फेसवास बढी गर्न हुदैन् । अन्य मौषममा दिनमा दुई पटक गरिन्छ भने जाडोमा दिनमा एक पटक मात्रा गर्न सकिन्छ । चिसो मौसम सुरु भएपछि हातखुट्टा वा शरीरको खुला भागलाई न्यानो पारेर राख्ने, धेरै चिसो पानी नचलाउने, पानी चलाउनै परेमा तातो पानीको प्रयोग गर्ने वा पन्जा लगाएर मात्र चलाउने गर्नुपर्छ । भित्रि बस्त्र पनि पहिला कटनको लगाएर मात्र उलनको लगाउँनुपर्छ । जाडोमा बढी घामको एलर्जीको समस्या पनि बढी देखिने हुन्छ । त्यस्तो समस्या आउँन नदिन सनब्लक क्रिमको प्रयोग राम्रोसँग गर्ने गर्नुपर्छ ।
शरिर नुहाउँने वितिकै मोस्चराईजर लगाउँने र अनुहारमा सन ब्लक क्रिम लगाउँने , ओठको केयर गर्ने र हातमा रातो रातो फोका आउँने हुन्छ त्यो आउँन नदिन हातमा पनि मोस्चराईजर लगाउँनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0