बारा। बाराको कलैयामा रहेको प्रदेशिक अस्पतालमा मिर्गौलाको बिरामीलाई उपचार गर्न ‘डायलाइसिस’ र नवजात शिशु विशेष उपचार कक्ष ‘एसएनसियू’ सेवा सुरुआत गरिएको छ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले यी दुवै सेवाको शुभारम्भ गर्दै सरकारी अस्पतालको सेवालाई अझ प्रभावकारी बनाउन आग्रह गरे। आगामी दिनमा अस्पताललाई प्रदेशकै नमूना अस्पतालका रुपमा विकास गर्ने सोच प्रदेश सरकारको रहेको उनले जानकारी दिए।

अस्पताल विकास समितिका अध्यक्ष प्रकाश चौलागाईले अस्पतालमा स्वास्थ्यकर्मीको अभाव रहेको बताए। अस्पतालका प्रमुख डाक्टर अजय गुप्ताले अस्पतालको सेवालाई विस्तार गर्दै जाने नीति रहेको जानकारी दिए।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0