काठमाडौं । बरिष्ठ मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिलले सञ्चालन गरेका धूम्रपान र सुर्ती सेवनलाई निरुत्साहित अभियानमा १६ सयले प्रतिबद्धता जनाएका छन्।

प्रणय दिवस तथा सरस्वती पूजाको सन्दर्भमा मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलले सञ्चालन गरेको अभियानमा १६ सय जनाले धूम्रपान तथा सुर्ती सेवन त्याग्ने प्रतिबद्धता जनाएका हुन् ।

गत १ फ्रेबुअरी देखि १४ फ्रेबुअरी सम्म ‘धूम्रपान गर्ने मान्छे स्वार्थी हुँदैनन्’ भन्ने नारा तय गर्दै सचेतनामुलक अभियान डा ओम फाउन्डेसनले डा ओम मूर्ति अनिलको नेतृत्वमा  सञ्चालनले गरिएको थियो ।

डा. ओम मुर्ति अनिलका अनुसार प्रतिबद्धता व्यक्त गर्न चाहने व्यक्तिले फाउन्डेसनको वेभसाइटमा उपलब्ध भएको गुगल फर्ममा आफ्नो विस्तृत जानकारीसहितको विवरण भरेका थिए। जुन विवरण फाउन्डेसनले आफ्नो डाटा बैंकमा सुरक्षित राखेको छ । धूम्रपान त्याग्ने अभियानमा प्रतिबद्धता जनाउँने मध्ये करिब ७० प्रतिशत प्रतिबद्धता नेपालमै रहेका र ३० प्रतिशत विदेशमा बस्नेहरुले जनाएको उनको भनाइ छ। उनले यदि तपाईले चुरोट लगायतका धूम्रपान सुरु गर्नुभएको छ भने ३० वर्षसम्म छोडेमा सबैभन्दा फाईदा हुने अनुसन्धानले देखाएको जानकारी दिए ।

उनका अनुसार धूम्रपान त्याग्ने अभियानमा प्रतिबद्धता जनाउँने उमेर समूहमा स्वदेशतर्फ न्यूनतम् १८ वर्ष र अधिकतम् ४७ वर्षका छन्। जसमध्ये औसत उमेर ३० वर्ष देखिएको छ । विदेशमा न्यूनतम् २१ वर्ष र अधिकम् ४७ वर्ष छन्। जसमा औसत उमेर २८ वर्ष देखिएको छ। ”तपाईले घर परिवारका व्यक्तिलाई माया गर्नुहुन्छ भने आजै धूम्रपान छोड्नुहोस्, उनले भने,”मेरो एउटा सानो त्याग, मायालुका लागि ठुलो उपहार हुन्छ ।”

उनका अनुसार यो अभिायनमा १०० जनालाई धूम्रपान छुटाउँला भनेर सुरु गरेको अभियानले १५ सय ९६ जनाले गुगल फर्म भरेर छोड्ने प्रतिबद्धता जनाउँनु भएको छ।
धूम्रपान तथा सुर्ती सेवनविरुद्धको सचेतनामुलक यस अभियानमा जनचेतनाको नयाँ अभ्यास गरिएको थियो । त्यो सफल भएको फाउन्डेसनले जनाएको छ ।

अभियानका क्रममा धुम्रपान तथा सुर्ती सेवन त्याग्ने प्रतिबद्धता व्यक्त गर्ने मानिसको स्वास्थ्य जाँच पनि गरेको थियो। करिब २०० जनाको निःशुल्क स्वास्थ्य जाँच तथा सचेतनामुलक कार्यक्रममा सहभागीता जनाएको उनले जानकारी दिए ।

फाउन्डेसनले विद्यालयस्तरमा स्वास्थ्य सचेतना मूलक अभियान सञ्चालन गर्नका निम्ति फाउन्डेसनले ’स्कुल हेल्थ प्रोग्राम’ अगाडि पनि बढाएको थियो । सोही सन्दर्भमा धुम्रपान र सुर्ती सेवन सम्बन्धी ’विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ आयोजना गरेको थियो।  देशभरका करिब १९ हजार विद्यार्थीले प्रतियोगितामा सहभागिता जनाएका छन् ।
हाजिरीजवाफ प्रतियोगिताको तथा अन्य प्रतियोगितको अन्तिम परिणाम फागुन ५ गते शनिबार डा ओम मूर्ति अनिलले आफ्नो फेसबुक पेजबाट विहान ११ बजे प्रत्यक्ष प्रसारण गर्ने जनाएका छन्।

धूम्रपान र सुर्ती सेवनको असर तथा स्वास्थ्य शिक्षासँग सम्बन्धित हाजिरी जवाफ प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार, द्वितीय पुरस्कार ३० हजार र तृतीय पुरस्कार २० हजार रुपैयाँ नगद रहेको छ। साथै सबै विजेतालाई प्रमाणपत्र र मेडल प्रदान गरिने भएको छ।

त्यसैगरी, धूम्रपान र सुर्ती सेवनबाट सेवन कर्ता, परिवार र साथीभाइको स्वास्थ्यमा समेत पर्ने असर झल्काउने चित्रकला प्रतियोगितामा एकजना छात्रा र एक जना छात्रलाई सर्वोत्कृट चित्रकार छनोट गरी१० हजार रुपैयाँ नगद पुरस्कार र तीन छात्रा र तीन जना छात्रलाई २ हजार ५ सय रुपैयाँका दरले प्रोत्साहन पुरस्कार प्रदान गरिने छ।

धुम्रपान र सुर्ती सेवनलाई निरुत्साहित गर्दै यसबाट स्वास्थ्यमा पर्ने असरसम्बन्धी सन्देश मूलक कवितामा प्रतियोगिता गराइएकोमा पाँच जना छात्रा छात्रलाई सर्वोउत्कृष्ट रचनाकारको रुपमा छनोट गरी १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0