धुलिखेल । धुलिखेलमा काठमाडौ मेडिकल कलेज सिनामंगलको प्राविधिक सहयोमा एकै दिन १ हजार २ सय भन्दा बढी बिरामीको निःशुल्क स्वास्थ्य परिक्षण गरियो । शिविरमा कार्यक्रमका प्रमुख अतिथि धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार व्याञ्जू श्रेष्ठ र विशेष अतिथि काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रा देबी शर्माको स्वास्थ्य जाँच गरि कार्यक्रमको उद्घाटन गरिएकाे थियाे ।

धुलिखेल कल्याणकारी सेवा समाज धुलिखेल, काभ्रे, धुलिखेल नगरपालिका तथा सञ्जीवनी माध्यमिक विद्यालय, सम्बाहिका महिला पत्रकार समूह र काठमाडौं मेडिकल कलेज सिनामंगलसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य परिक्षण शिविर आयोजना गरिएको थियो ।

सोमबार सञ्जीवनी नमूना माध्यमिक विद्यालय प्रांगण धुलिखेलमा स्थानीय वासीहरुको लागी बृहत्तर रूपमा निःशुल्क स्वास्थ्य जाँच सम्पन्न गरिएको धुलिखेल कल्याणकारी सेवा समाजकी सचिव भगवती तिमल्सिनाले बताईन् । स्वास्थ्य सेवा लिएर आफ्नो स्वास्थ्य सुनिस्चित गरौ । भन्ने मूल नाराका साथ आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा नाक, कान, घाँटी, आँखा, दाँत, छाला, हाडजोर्नी, नशा, बालरोग, स्त्रीरोग, जनरल फिजिसियन सम्बन्धी जाँच तथा साधारण शल्यक्रिया र चिकित्सकको परामर्श अनुसार ल्याब सेवा प्रदान गरिएको थियो ।


शिविरमा उपस्थित अधिकांश बिरामीले एकै थलोमा यति धेरै सेवा निःशुल्क रुपमा उपलब्ध गराएकोमा खुशी व्यक्त गरे । शिविरमा सहभागी चिकित्सक, स्वास्थ्यकर्मी, स्वयमसेवक लगायत सहयोगी संघसंस्थाहरुलाई धुलिखेल कल्याकारी सेवा समाजका अध्यक्ष गायत्री रमण घिमिरेले कदर पत्रद्धारा सम्मान गर्नुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0