काठमाडौं । नेपाल चिकित्सक संघले युएसएमएलईमा नेपाली चिकित्सकप्रति गरिएको निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ। संघले एक विज्ञप्ति जारी गर्दै २०२४ को लागि आवेदन दिने नेपाली मेडिकल ग्रेजुएटहरुको सामूहिक अवैधानिकता र संयुक्त राज्य अमेरिकाभित्र अभ्यास गर्ने नेपाली डाक्टरहरुको विश्वसनीयता सम्बन्धी हालैका घटनाक्रमहरु बारे पुनर्विचार गर्न आग्रह गरेको छ ।

नेपाली चिकित्सकहरुको स्वास्थ्य सेवामा स्वदेशी र अन्तर्राष्ट्रिय रुपमा महत्वपूर्ण रहेकोमा जोड दिँदै व्यवसायिकता, समर्पण र दक्षता प्रदर्शन गर्दै आइरहेको अवस्थामा अन्तर्राष्ट्रिय रूपमा युएसएमएलईको परीक्षा सञ्चालन गर्ने निकाय प्रोमेट्रिक सेन्टरमा परीक्षा दिने नेपाली चिकित्सकको योग्यतामाथि प्रश्न उठाउने र परीक्षार्थीको निष्ठा र क्षमतामा शंका उत्पन्न गर्ने निर्णयले गहिरो चिन्ता उत्पन्न भएको जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0