धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रतिष्ठानका आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति भएको छ। आन्दोलनरत पक्ष र प्रतिष्ठान व्यवस्थापन बीच शनिबार प्रतिष्ठानका कामु उपकुलपति प्रह्लाद कार्कीको कार्यालयमा भएको छ बुँदे सहमतिसँगै चिकित्सक, शिक्षक तथा कर्मचारीको आन्दोलन टुङ्गिएको छ। विगत २७ दिनदेखि जारी आन्दोलन टुङ्गिएको छ।

आगामी फागुन ६ गतेदेखि  बढुवा प्रक्रिया अगाडी बढाउँने  अन्तर्वार्ता सुरु गर्ने र त्यसको एक सातभित्र नतिजा प्रकाशित गर्ने सहमति भएको दुवै पक्षबीच सहमति भएको छ । आन्दोलनकारीलाई पूर्वाहग्रह राखी कुनै बहानामा कारबाही नगर्ने पनि सहमति भएको छ।
भद्र अवज्ञामा सहभागी रहेका शिक्षक तथा कर्मचारीहरू प्रति प्रतिष्ठान व्यवस्थापन पक्षबाट पूर्वाग्रह राखी कुनै पनि प्रकारको कारबाही नगर्ने र नगराउने सहमति पत्रमा उल्लेख छ।

भद्र अवज्ञामा सहभागी रहेका शिक्षक तथा कर्मचारीहरू उपर भविष्यमा कुनै प्रकारको कानुनी झमेला आइपरेमा प्रतिष्ठानले आवश्यक साथ सहयोग गर्ने पनि सहमति गरिएको छ।
यस्तो छ सहमति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0