काठमाडौं । नेपालमा एक वर्षमा कति मानिसले सर्पदंशबाट ज्यान गुमाउँछन् भन्ने भरपर्दो तथ्याङ्क नभएको विज्ञहरू बताउँछन्।

“भन्न त वर्षमा १,००० जनासम्मको सर्पदंशबाट ज्यान जान सक्ने भनिएको छ। तर हाम्रो प्रणालीमा आएको सूचनाअनुसार चाहिँ वर्षमा १३१ जनासम्मको ज्यान गएको पाइएको छ। यो सङ्ख्यामा गाउँघरमै ज्यान गुमाउनेहरू जोडिएको छैन,” स्वास्थ्य सेवा विभागअन्तर्गतको जूनोटिक तथा अन्य सरुवा रोग शाखाका प्रमुख डा हेमन्तचन्द्र ओझाले बताए। विश्वभरिको तथ्याङ्क हेर्ने हो भने विश्व स्वास्थ्य सङ्गठनका अनुसार वर्षमा ४५ लाखदेखि ५४ लाख मानिसहरूलाई सर्पले डस्छ।

तीमध्ये १८ लाख देखि २७ लाख उपचार गराउनुपर्नेगरी बिरामी हुन्छन् अनि ८१,००० देखि एक लाख ३८ हजार जनाजतिको ज्यान नै जान्छ। “ सर्पले डसेको मामिलामा ९० प्रतिशतलाई या त विषालु सर्पले डसेको हुँदैन या त उक्त सर्पले विष हालिसकेको हुँदैन र केवल आत्मरक्षाका लागि मात्र डसेको हुनसक्छ,” डा शर्माले भने।

सर्पले डसे के गर्ने ?
डा. शर्माका अनुसार समय खेर नफालीकन तुरुन्तै सर्पदंशको उपचार हुने अस्पताल वा केन्द्रमा लिएर जानुपर्छ। चाँडो अस्पताल पुर्‍याउनका लागि सकेसम्म सवारीसाधनमा राखेर लैजानुपर्छ। उदाहरणका लागि, मोटरसाइकलमा बिरामीलाई बीचमा राखेर लगिहाल्नुपर्छ। जथाभावी कपडा वा डोरीले बाँध्ने जस्ता काम गरेर समय खेर फाल्नु हुँदैन। बेस्सरी कस्दा रक्तप्रवाह रोकिएर जटिलता आउँछ। विषरहित सर्पले डसेको सम्भावना धेरै हुन्छ। त्यस्तो बेला जथाभावी बाँध्दा झन् पछि हातखुट्टा काट्नुपर्ने अवस्था आइपर्ने देखिएको छ।
घाउ भएको छ भने सफा गर्नु ठिकै हो। तर डोरी बाँध्ने वा सफा गर्ने वा झारफुक गर्ने जस्ता काममा पटक्कै समय खेर फाल्नु हुँदैन। किनभने सर्पले डसेको लगत्तैको एक घण्टालाई जीवन जोगाउने सन्दर्भमा ूसुनौलो समयू मानिन्छ।
मुख्य कुरा भनेको सर्पदंशको लक्षण कुरेर नबसौँ। चाहे जेसुकै होस् नकुरौँ। अस्पताल लागिहालौँ। गोमन तथा करेतले प्रायस् बिहानबेलुका र राति टोक्छन्। तिनको विष फैलिन थाल्यो भने चाँडै मृत्यु पनि हुनसक्छ।
विज्ञहरूले सर्पको विष मुखले चुसेर वा अरू कुनै उपकरण प्रयोग गरेर बाहिर निकाल्न नहुने बताउने गरेका छन्। बर त्यसो गर्न खोज्दा विष रक्तप्रवाहमा फैलिएर झन् हानि हुन सक्छ। सर्पले डसेको ठाउँ काट्न पनि नहुने विज्ञहरूको सुझाव छ। त्यसो गर्दा घाउ अझ बिग्रिन सक्छ।बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0