काठमाडौं । काठमाडौंको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा पहिलो पटक मुटुको ‘डबल स्वीच शल्यक्रिया’ सफल भएको छ। अस्पतालका डा रविन्द्रभक्त तिमलाको नेतृत्वमा डा.मरिषा अर्याल, डा.सुजन बोहरा र डा सन्दीप भण्डारीको चिकित्सकीय टोलीले नवलपरासीको १४ वर्षीया बालिकाको उक्त शल्यक्रिया गरेको हो।

डा. तिमलाका अनुसार अति जटिल र जोखिमयुक्त मानिने उक्त शल्यक्रिया यसअघि नेपालमा भएको थिएन। ती बालिकालाई केही दिनमै डिस्चार्ज गरिनेछ। प्राविधिक रुपमा ‘सेनिङ’ र ‘रुस्टेली’ नामक दुई वटा छुट्टै शल्यक्रिया गर्न उक्त बालिकाको साढे चार घन्टा मुटु पूरै बन्द गरिएको उनले जानकारी दिए ।

शल्यक्रिया गर्न १० घन्टा लागेको थियो। शल्यक्रियाको नेतृत्व डा तिमलाले गरेका थिए भने बालिकाको उपचार सरकारको कार्यक्रम अन्तर्गत निःशुल्क गरिएको थियो। साइटस इनभर्सस, करेक्टेड ट्रान्सपोजिसन अफ ग्रेट आर्टरिज, भेन्ट्रिकुलर सेप्टल डिफेक्ट, पल्मोनरी स्टेनोसिस जस्ता चारवटा संरचनागत त्रुटी भएको बालिकाको मुटुको र बाहिर गरी दुई ठाउँमा रगत विपरीत ठाउँमा बगिरहेको थियो।

उनले शल्यक्रियामार्फत भित्र र बाहिर दुवैतर्फ रगत बग्ने बाटो मिलाइएको बताए। केही दिनमै डिस्चार्ज हुने तयारीमा रहेकी ती बालिकाको उपचार सरकारको निशुल्क कार्यक्रम अन्तर्गत गरिएको थियो।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0