काठमाडौं क्यान्सर सेन्टरले क्यान्सर दिवसका अवसरमा नालारोड भक्तपुरमा विभिन्न कार्यक्रम गरेर मनाएको छ ।
‘स्याहारमा भएको फरकलाई बन्द गरौँ’भन्ने नारासहित विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ ।

१०० भन्दा बढीले भिआइए जाँच गरेका छन्। नेपालमा क्यान्सर रोगीको संख्या बढ्दो क्रममा छ, भने उपचारको सुविधामा पनि बृद्धि भईरहेको छ।

नेपालीहरुलाई क्यान्सर लागे स्वदेशमा नै सवै किसिमको उपचार हुने,काठमाडौँ क्यान्सर सेन्टरका निर्देशक डा.सिमित सापकोटाले बताए।

महिला सामुदायिक स्वास्थ्यस्वयंसेवक कार्यक्रमको साथ क्यान्सर, यसको जोखिम कारकहरू, र समुदायभित्र प्रारम्भिक पहिचानको महत्त्व बारे सचेतना जगाउन पहुँच र प्रभाव विस्तार गर्ने लक्ष्य अस्पतालले राखेको छ ।

कार्यक्रममा अस्पातलका कार्यकारी निर्देशक डा सिमित सापकोटा चलचित्रकर्मी दीपाश्री निरौला, सृजना केसी , चांगुनारायण न.पा का स्वास्थ्य प्रमुखलगायतको सहभागिता रहेको थियो। काठमाडौं क्यान्सर सेन्टर समुदायमा आधारित पहलहरू मार्फत क्यान्सर सचेतना, रोकथाम, र प्रारम्भिक पहिचानलाई प्रवर्द्धन गर्न समर्पित रहेको अस्पतालले जनाएको छ। भक्तपुर जिल्लाभर कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आमन्त्रण गरी क्यान्सर लागे नलागेको बारे निशुल्क रुपमा पाठघरको क्यान्सरको परीक्षण समेत गराईएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0