ह्याम्स अस्पतालको आइभिएफ क्लिनिकमा सय बढी दम्पतीको भ्रुण प्रत्यारोपण गरिएको छ।

ह्याम्स अस्पतालले आइभिएफ तथा निस्सन्तान क्लिनिक सञ्चालन गरेको १४ महिना भित्रै सय बढी दम्पतीको सफल भ्रूण प्रत्यारोपण गरिएको जनाएको हो । अस्पतालका कार्यकारी निर्देशक डा ज्योतिन्द्र शर्माका अनुसार आइभिएफ तथा निस्सन्तान क्लिनिकमा आउने मध्ये ३० देखि ४० प्रतिशत विदेशमा बस्ने नेपाली रहेका छन् । उनले ६५ प्रतिशतसम्म सफल गर्भधारण दर रहेको बताए । उनका अनुसार १४ महिनामै २ सय ५० भन्दा बढी दम्पतीले आइभिएफ सेवा लिएको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0