काठमाडौं । नेपालमै पहिलोपटक नेपाली चिकित्सककै नेतृत्वमा कलेजो प्रत्यारोपण गरिएको छ। त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) का कलेजो प्रत्यारोपण सर्जन डा रमेशसिंह भण्डारीको नेतृत्वमा पहिलो पटक प्रत्यारोपण गरेका हो। यसअघिका प्रत्यारोपणमा विदेशबाट आएका चिकित्सकहरुकोले सघाउँदै आइरहेका थिए।

डा. भण्डारीका अनुसार गत २७ पुसमा नुवाकोटका ४१ वर्षीय पुरुषको कलेजो प्रत्यारोपण गरेको थियो। ती पुरुषलाई उनकी ४० वर्षीया श्रीमतीले कलेजो दिएकी थिइन्। कलेजो प्रत्यारोपण गरिएका पुरुषको स्वास्थ्य राम्रो रहेको समेत जानकारी दिए ।

प्रत्यारोपण गरिएका पुरुषलाई (आज) बिहीबार डिस्चार्ज गरिने छ। कलेजो दान गरेकी महिललाई १० दिन अगाडि नै डिस्चार्ज भइसकेकी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0