काठमाडौं । उच्च रत्तचापको उपचार नगरेमा मृगौला फेल हुने बरिष्ठ मुटुरोग विशेषज्ञ डा.ओम मुर्ति अनिलले बताए । केही दिन अघि एक ३२ वर्षका युवा आएका थिए । ति युवा मेरोमा आँदा उच्च रक्तचाप २२० देखि १२० रहेको थियो । उनले बल्ड पेसरको औषधि ५ एमजीको एमलोडिपी एक वर्षदेखि खाईरहेका थिए । उनको शरिरमा क्रियाटिनको मात्रा उच्च थियो ।  ति युवाको शरिर फुलेको र स्वा:स्वा हुने बाहेक कुनै समस्या नदेखिएपछि उनी कतै उपचार गर्न गएका थिएनन्। यदि उनले समयमा सहि उच्च रक्तचापको उपचार गरेको भए उनको मृगौला जोगाउँन सकिन्थ्यो । यो त केही उदारण मात्र हो । उनले सुनाए ।
हाम्रो मृगौला बिग्रेपछि मात्र हामीलाई थाहा हुन्छ यो उच्च रक्तचापले भएको ढिला थाहा हुने उनको भनाई छ ।

उनका अनुसार मृगौलाको धेरै भाग बिग्रेको अवस्था अझ भनौ क्रियाटिनको मात्र ४ देखि ५ पुगे पछि मात्र थाहाँ हुने हुन्छ । उनले भने ‘केही बिरामीले मलाई कुनै समस्या देखिएको छैन् किन औषधि खाने भनेर सोध्नु हुन्छ ।केही यस्ता बिरामी पनि आउँनुहुन्छ । रक्तचापको औषधि खादाँ मृगौला बिग्रदैन् तर त्यस्तो हैन उच्चरक्तचापको औषधिले मृगौला फेल बाट जोगाउँछ ।’

उच्च रक्तचापका बिरामीलाई मृगौला अवश्य परीक्षण गर्नुपर्छ । रक्तचापलाई साईलेन्ट किलर पनि भनिने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0