आज विश्व उपेक्षित उष्णप्रदेशीय रोग दिवस मनाइँदैछ । ‘उपेक्षित उष्णप्रदेशीय रोगको निवारण, सहकार्य र एकता हाम्रो उदाहरण’ भन्ने नारासहित यो दिवस मनाइदैछ ।

दिवसका अवसरमा स्वास्थ्य सेवा विभागद्वारा आज यहाँ आयोजित कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्रप्रसाद मरासिनीले अझै पनि विश्वभर कुष्ठरोगबाट धेरै व्यक्ति प्रभावित भएको बताए । उनले उपेक्षित उष्णप्रदेशीय रोग समुदायमा अझै रहेको बताए ।

उष्णप्रदेशीय र समसितोष्णप्रदेशीय क्षेत्र वा देशमा डेङ्गी, चिकेनगुनिया, रेबिज, ट्रकोमा, बुरुली अल्सर, यज, कुष्ठरोग, चागस रोग, सर्पदंश, फित्तेजुका र न्यूरोसिस्टाइसर्कोसिस, लुतो, हात्तीपाईलेसहित विभिन्न १२ प्रकारका रोग यस अन्तर्गत पर्दछन् ।

नेपालले सन् २०१८ मा ट्रकोमा निवारण गरेको छ भने कालाजार सन् २०१६ र हात्तीपाईले, कुष्ठरोग र रेविजलाई सन् २०२३ भित्र निवारण गरिसक्ने लक्ष्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0