काठमाडौं । नेपाल विद्यार्थी संघ (ने.बि.संघ)ले मुगुको सोरु गाउँपालिका वडा नं. ६ पुरुमुरु गाउँमा सिजनल भाइरल ज्वरोले समयमै उपचार नपाएका कारण तीन जनाको मृत्यु भएको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतलाई ध्यानकर्षण गराएको छ ।

संघले मन्त्री बस्नेतलाई भेटेर नै ज्ञापनपत्रसहितको ध्यानकर्षण गराएको हो । ‘हामीले मुगुमा सामन्य उपचार नपाएर ज्यान गुमागनु परेको घटना प्रति स्वास्थ तथा जनसंख्या मन्त्री मोहन वस्नेतज्युको ध्यानाकर्षण गरायौ, उहाँले २४ घण्टा भित्र प्रभाबित क्षेत्रमा औषधी सहितको चिकित्सक टोली पठाउने प्रतिबद्धता जाहेर गर्नु भएको छ,’ ने.वि.संघका केन्द्रीय सदस्य भुवन भट्टले भने ।
संघले उक्त क्षेत्रमा लगायतका आसपासका एक दर्जन भन्दा बढी बस्तीका घरहरुमा ज्वरो, रुघाखोकी, स्वास फेर्न गार्हो हुने, टाउको दुख्ने र नाकमुख सुख्खा हुने जस्ता लक्षण का बिरामीहरु देखिएका हुदाँ उक्त क्षेत्रमा तत्काल औषधि सहितको चिकित्सको पठाउँन मन्त्रीसँग माग गरेको हो ।

‘संविधानले मौलिक हकका रुपमा स्थापित गरेको अधिकार निशुल्क स्वास्थ सेवनको सुविधा पाउनु त परको कुरा दुर्गम गाउमा सिटौलामोलको अभावले अकालमै ज्यान गुमानुपरेको छ, यो भन्दा दखद के हुन्छरु राज्यको गम्भीर लापरबाहीका कारण सामान्य नागरिकलको मृत्यु हुन नपरोस तत्काल सर्वसुलभ स्वास्थ सेवाको व्यवस्था गर्न मन्त्रीज्युको ध्यानाकर्षण गराएका हौ,’ संघका केन्द्रिय सदस्य भट्टले भने ।
ध्यानाकर्षण पत्र वुझाउन ने.वि.संघका केन्द्रीय सदस्यहरु प्रमिका रानामगर, ई।भुवन भट्ट धर्मराज शाहि, जगतजंग विष्ट, कृष्ण सुवेदी, शोभा वास्ताकोटि, दिनेश शर्मा, पदम सुवेदी,एन्जोर कार्कि लगायत नेताहरु सुरेन्द्र भण्डारी, खुम्व देउवा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0