काठमाडौँ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट १२ सय भन्दा बढीले मिर्गौला र कलेजो प्रत्यारोपण गरेका जनाएको छ । केन्द्रका अनुसार एक हजार एक सय जनाले ८७ जनाले मिर्गौला र १८ जनाले कलेजो प्रत्यारोपण गरेका हुन् ।

विगत २०६९/०७० देखिबाट सुरुभएको थियो त्यो वर्ष ३ जनाले मिर्गौला प्रत्यारोपण गरेका थिए ।

२०७०/०७१ सालमा २७ जना, २०७१/०७२ सालमा ४१ जना, २०७/०७३ सालमा १ सय १ जनाले मिर्गौला प्रत्यारोपण गरेका थिए ।

२०७३/०७४ मा १ सय ३२ जना, २०७४/०७५ मा १ सय ५३ , २०७५/०७६ मा १ सय ७९ जनाले मिर्गौला प्रत्यारोपण गरेको केन्द्रले जनाएको छ । यस्तै, आर्थिक वर्ष २०७६/०७७ मा ४९ जना, २०७७/०७८ मा ४५ जना, २०७८/०७९ मा १ सय ६० जना, २०७९/०८० मा १ सय ८६ जना र २०८०/८१ मा १ सय १ जनाले मिर्गौला प्रत्यारोपण गरेका छन् ।

यता, कलेजो प्रत्यारोपणमा आर्थिक वर्ष २०७३/७४ मा सुरु भएको थियो । त्यो वर्ष २ जनाले कलेजो प्रत्यारोपण गरेका थिए । २०७४/०७५ देखि २०७७/०७८ मा चार वर्षमा एकरएक जनाले मात्रै कलेजो प्रत्यारोपण गरेका छन् । आर्थिक वर्ष २०७८/२०७९ मा ३ जना, आर्थिक वर्ष २०७९/८० मा २ जना र चालु आर्थिक वर्षमा ७ जनाले कलेजो प्रत्यारोपण गरेको केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0