भास्कुलर सम्वन्धी बृहत अन्तराष्ट्रिय सम्मेलन हिमालय इन्टरनेशनल भास्कुलर समिट (हिमभास) – २०२४’ सम्पन्न भएको छ । नेपाल भास्कुलर सोसाइटीको मुख्य आयोजनामा गत बिहीबार देखि सुरु भएको तीन दिने सम्मेलन हिजो सकिएको हो ।

सम्मेलनको पहिलो र दोस्रो दिनको सत्र ललितपुरको होटल हिमालयमा चलेको थियो । अन्तिम दिनको  सत्र भने क्लव हिमालय नगरकोटमा भएको सम्मेलन आयोजक समितिका अध्यक्ष एवं भास्कुलर सर्जन डा सन्दीपराज पाण्डेले बताए ।

सम्मेलनमा नेपाल सहित ४२ देशका १५० बढी विदेशी चिकित्सक सहित ३०० बढी चिकित्सक सहभागीता थियो । त्यसमा भास्कुलर संकायसंग जोडिएका चिकित्सक तथा अनुसन्धानकर्ता सहभागी भएको यो सम्मेलनमा भास्कुलर सम्वन्धी नयाँ नयाँ उपचार तथा अनुसन्धानका विषयमा अनुभव आदान प्रदान भएको पाण्डेले जानकारी दिए ।

‘करीव १५० बढी त बैज्ञानिक कार्यपत्र प्रस्तुत भयो । नेपाल, भारतसंगै, एशिया, युरोप, अमेरिका, अष्ट्रेलिया महादिपका देशहरुबाट सहभागी विज्ञ चिकित्सकहरुले आफ्ना साइन्टीफिक प्रस्तुतिहरु दिनुभयो । यसले नेपालको चिकित्सा शिक्षामा समेत नयाँ आयाम ल्याएको छ,’ डा पाण्डेले भने ।

सम्मेलनमा भास्कुलरका क्षेत्रमा उल्लेखनीय योगदान गरेका स्वदेशी तथा विदेशी चिकित्सकलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0