चिकित्सकको सुविधासहित गाउँमै उपचार सेवा प्रदान गर्नका लागि हेटौँडा उपमहानगरपालिकाले पालिकास्तरको अस्पतालको सुरुवात गरेको छ । हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरीमा निर्मित पदमपोखरी अस्पतालको हेटौँडाका प्रमुख मिनाकुमारी लामाले उद्घाटन गरेका छन ।

पालिकाले सञ्चालन गरेको पाँच बेडको अस्पतालले गत १७ पुसबाट चिकित्सकसहितको सुविधा दिँदै आएको थियो । अस्पतालले आकस्मिक सेवासहित अन्य सामान्य उपचार सेवा दिँदै आएको छ ।

अस्पतालको उद्घाटनसँगै पदमपोखरीमा निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको छ । शिविरमा २६६ महिला र १७१ जना पुरुष गरी ४३७ जनाले सेवा लिएको अस्पतालका सिनियर अहेब शेरबहादुर व्लोनले जानकारी दिए। शिविरमा सेवा लिन आएकामध्ये ३५० जनालाई आँखाको, १०८ जनालाई ल्याब २३ जना मानसिक सेवा प्रदान गरिएको उनले बताए ।

हेटौँडा उपमहानगरपालिका–१३ का अध्यक्ष पेम्बा लामाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका वित्त व्यवस्थापन महाशाखा प्रमुख अनिरुद्ध नेपाल, सामाजिक विकास महाशाखाका प्रमुख भीमप्रसाद तिमल्सिनालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0