धरान उपमहानगरपालिकाले सार्वजनिक स्थानमा सूर्तीजन्य वस्तुको बिक्रि वितरण र प्रयोगमा रोक लगाएको छ ।

गत २९ पुसमा बसेको नगर कार्यपालिकाको बैठकले सार्वजनिक स्थलहरुमा सूर्तीजन्य वस्तु विक्री तथा प्रयोगमा रोक लगाउने निर्णय गरेको हो ।

नगर प्रमुख हर्क सम्पाङले शुक्रबार एक सार्वजनिक सूचना निकालेर १५ दिनपछि सूर्तीजन्य वस्तु विक्री वितरण र प्रयोगमा प्रतिबन्ध लागू हुने जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0