जाजरकोटको जुनीचाँदेमा एक महिनादेखि औषधि अभाव भएता पनि हालसम्म आपूर्ति हुन सकेको छैन । जुनीचाँदे गाउँपालिका ५ गर्खाकोटकी एक महिनाकी सुत्केरी मनीषा रावत भूकम्पपछि त्रिपालको बसाइँका कारण रुघाखोकी, टाउको दुख्ने र पखाला लाग्ने समस्या भएपछि स्थानीय गर्खाकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्र गएर औषधि नपाउँदा निराश भएर घर फर्कनु बाध्य भएका छन् ।

त्यहाँ उनले स्वास्थ्य परीक्षण गराए पनि निःशुल्क दिनुपर्ने जीवनजल र सिटामोलसमेत स्वास्थ्य संस्थामा नपाउँदा मनीषा रित्तो हात फर्कन बाध्य भइन । उनी जस्तै चिसोले धेरैलाई बिरामी पारेको बेला जुनीचाँदे गाउँपालिकामा औषधि अभाव हुँदा स्थानीयलाई निकै समस्या परिरहेको छ । लामो समय बितिसक्दा पनि औषधीको आपूर्ति हुन सकेको छैन । स्वास्थ्य संस्थामा जीवनजल र सिटामोलसमेत पाइँदैन ।

भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाँउपालिकाका बासिन्दा बिरामी भएर स्वास्थ्य संस्था जाँदा पनि औषधि पाउन सकेका छैनन् । चिसोले गर्दा रुघाखोकी, निमोनिया, पखाला, टाउको दुख्ने, ज्वरो आउनेलगायतका समस्या लिएर बिरामीहरू स्वास्थ्य संस्था जाने गरेका छन् तर औषधी नहुँदा बिरामी रित्तो हात फर्कन बाध्य भएको जुनीचाँदे ५ का कुलराज शाहीले बताए।

चिसोले गर्दा पखाला, ज्वरो, टाइफाइड, निमोनिया, दमलगायतका बिरामीको सङ्ख्या बढिरहेको छ तर औषधि छैन । जुनीचाँदेका ११ ओटै स्वास्थ्य संस्था ६ महिनादेखि औषधिविहीन छन् । यस आर्थिक वर्षमा औषधि आपूर्ति हुन सकेको छैन । साउन यता पालिकाले औषधि खरिद गरेको छैन भने सङ्घ र प्रदेश सरकारले पनि औषधि पठाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0