काठमाडौं ।  जाडो बढेसँगै रुघाखाेकीका बिरामी बढ्न थालेका छन् । रुघाखोकीमा घरमै भान्सामा रहेका यी यस्ता खानेकुराकाे प्रयाेगमा सामान्य  रुघाखोकी ठिक गर्न सकिन्छ ।

बेसार पानी पिउने : बेसारले एलर्जी र भाइरल दुवै समस्यालाई निको पार्छ ।  एक गिलास तातो दूध वा तातोपानीमा एक चम्चा बेसार मिसाएर एक छिन छाड्नुपर्छ । त्यसपछि चिया जस्तै पिउनुपर्छ । यसलाई बिहान बेलुका दुई पटक सेवन गर्दा निकै फाइदा गर्छ
यसमा  पाईने कर्क्युमिन रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ ।

 तातोपानी र मह :रुघाखोकीको समस्याले ग्रसित भएको समयमा महको सेवन अचुक औषधि हुन सक्छ । महमा रोग प्रतिरोधात्मक गुण हुन्छ । महलाई तातोपानीमा मिसाएर सेवन गर्दा रुघाखोकी निको हुन्छ ।

मरीच पानी पिउने : मरीचको धुलोलाई पनि चिया जस्तै तातोपानी वा दूधमा उमालेर पिउनाले पिएमा रुघा निको हुन्छ । कालो मरीचमा पिपरीन, आयरन, पोटेशियम, मयाग्निशियम, जिंक, क्रोमियम, भिटामिन सी, भिटामिन ए, भिटामिन डी, ऐसे एन्टीअक्सिडेन्ट तथा अन्य पोषक तत्त्व पनि पाइने गर्छ ।यसले रुघा निकाे पार्छ ।

बाफ लिने : यदि  तपाईंलाई रुघा लागेर नाक टालिएको छ भने बाफ लिँदा निकै  फाइदा हुन्छ । तर, यदि सामान्य रुघा लागेको छ नाक मात्र बगेको बेला भन्दा  कफ जमेको र नाक टालिएको अवस्थामा मात्र बाफ लिनु फाइदाजनक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0