काठमाडौं । स्वास्थ्य बीमा बोर्डले माघ १(आज) गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानी (को–पेमेण्ट) प्रणाली लागू गदैछ ।
यो को-पेमेन्ट लागु भएसँगै सह भुक्तानी प्रणालीमा बीमितले तोकिएको स्वास्थ्य सेवा लिँदा लाग्ने कुल खर्चको १० प्रतिशत रकम आफैले तिर्नु पर्नेछ ।
बिमा बोर्डका अध्यक्ष गुणराज लोहनीले स्वास्थ्य बीमा ऐन २०७४ को दफा ७ मा भएको व्यवस्था बमोजिम सह भुक्तानी प्रणाली लागू हुने बताए ।
दीर्घरोग भई नियमित औषधि सेवन गरिरहेका स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध बीमितलाई हाल १र१ महिनाका लागि दिइरहेको औषधि ३र३ महिनाका लागि दिने व्यवस्था समेत लागू गरिएको जानकारी बोर्डले दिएको छ। स्वास्थ्य बीमामा आवद्ध एक परिवार ९पाँच जना०ले बार्षिक रुपमा ३ हजार ५०० रुपैयाँ प्रिमियम तिर्नु पर्दा १ लाख रुपैयाँसम्मको उपचार सुविधा पाउने व्यवस्था थियो ।
अब छुट सुविधा नपाउने समूहले सो सुविधामा १० प्रतिशत रकम आफूले तिर्नुपर्नेछ ।
के केमा लागू हुन्छ सह भुक्तानी प्रणाली ?
अस्पतालबाट प्रदान गरिने बहिरंग, अन्तरंग, निदानात्मक, उपचारात्मक, शल्यक्रिया, फिजियोथेरापी र पुर्नस्थापना सेवा लिदा सह भुक्तानी प्रणालीको व्यवस्था लागू हुनेछ ।
लक्षित बर्गका बीमितलाई पनि यो प्रणालीमा रहेर सह भुक्तानीको व्यवस्था गर्नु नपर्ने भएको छ ।